अनिल मण्डलको कृतिमानी सतक

विश्व क्रिकेट लिग च्याम्पियनसीपको पहिलो खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पाएको २ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवाती ब्याट्सम्यान मण्डल ३६ औं ओभरमा इभान्सको बलमा आउट भएका थिए।

त्यसअघि उनले ९३ बल खेल्दै सय रन हानेका थिए। जसमा ९ चौका र १ छक्का सामेल थियो। अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको अवस्थामा ओभरको पहिलो बलमै मण्डल आउट भएका थिए। उनले क्रीजमा १ सय ५२ मिनेट बिताए। अनिलले शतक प्रहार गरेपनि नेपाल भने ३ रनले पराजित भएको थियो।

स्कटल्याण्डसँगको खेलको शतकसँगै लिस्ट ए म्याचमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यसअघि मण्डलले सन् २०१२ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारमा डेनमार्कसँगको खेलमा १ सय १३ रन हानेका थिए। तर त्यो खेललाई आइसीसीले लिस्ट एको मान्यता दिएको थिएन।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Media society serious exception to obstruction at media houses

Bollyhood Om Puri dies