जिम्बाबेद्वारा भारत १० रनले पराजित

काठमाडौं, साउन ३ – जिम्बाबे विरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत १० रनले पराजित भएको छ। जिम्बाबेले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको भारतलेनिर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन मात्रै बनाउन सक्यो। भारतका रोविन उथप्पाले ४२, स्टुवार्ड बिन्नीले २४, सन्जु सामसोनले १९ तथा अक्षर पटेल र मुरली विजयले समान १३/१३ रनको योगदान दिए । जिम्बाबेका क्रेम क्रेमरले तीन विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। जिम्बाबेका चामु चिबाबाले ६७, हमिल्टन मासकाजाले १९ तथा सेन विलियम्सले १७ रन बनाए। भारतका भुवनेश्वर कुमार र मोहित शर्माले दुई दुई विकेट लिए। जिम्बाबेसँग भारत पराजित भएपछि दुई ट्वेन्टी–ट्वेन्टीको सिरिज एक एकको बराबरी भएको छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav