दोश्रो एसेज टेष्ट अष्ट्रेलियाले ४ सय ५ रनले जितेको छ...

साउन ४ – एसेट टेष्ट श्रृँखलाको दोश्रो टेष्ट अष्ट्रेलियाले ४ सय ५ रनले जितेको छ । ५ सय ९ रनको लक्ष्य पछएर ब्याटिङ थालेको घरेलु टोली ईंग्ल्याण्ड दोश्रो टेष्टको चौथो दिन मात्र १ सय ३ रनमा समेटिएपछि अष्ट्रेलियाले ४ सय ५ रनको फराकिलो जित हात पारेको हो ।

चौथो इनिङमा ईंग्ल्याण्डका स्टुवार्ड वोर्डले सर्वाधिक २५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले २० को आकडा छुन सकेनन् । ईंग्ल्याण्डको इनिङ ध्वस्त पार्ने क्रममा मिचेल जोन्सनले ३ तथा जोस हेजलउड र नाथन लाएनले समान २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा ५ सय ६६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको अष्ट्रेलियाले घरेलु टोली इग्ल्याण्डलाई मात्र ३ सय १२ रनमा अल आउट गरेको थियो ।

स्टेभन स्मिथले २ सय १५ र क्रिस रोजर्सले १ सय ७३ रन प्रहार गरेपछि अष्ट्रेलियाले ८ विकेट गुमाउँदै ५ सय ६६ रन बनाएर पहिलो इनिङ समाप्त गरेको घोषणा गरेको थियो । जवाफमा घरेलु टोली ईंग्ल्याण्ड मात्र ३ सय १२ रनमा अल आउँट भयो ।

ईंग्ल्याण्डका कप्तान एलेस्टर कुकले ९६, वेन स्टोकले ८७ र मोइन अलीले ३९ रन बनाउन बाहेक अन्य इङलिस ब्याट्समेले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका लागि जोस हेजलउड र मिचेल जोस्नले मसानन ३–३ र मिचेल मार्सले १ विकेट लिए । पहिलो इनिङमा २ सय ५४ रनको अग्रता लिएको अष्ट्रेलियाले दोश्रो इनिङमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । अष्ट्रेलिायले दोश्रो इनिङमा २ विकेट गुमाएर २ सय ५४ रन बनाउँदै ईंग्ल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

दोश्रो इनिङमा अष्ट्रेलियाका डेविड वार्नर ८३, स्टेभन स्मिथले ५८ र क्रिस रोजर्स ४९ रन बनाए । खेलको म्यान अफ द म्याच अष्ट्रेलियाका स्टेभन स्मिथ घोषित भए । जितसँगै अष्ट्रेलियाले ५ म्याचको सिरिज १–१ को बराबरी गरेको छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism