एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने सबैभन्दा बुढो खेलाडी

३८ वर्षका दिलशान एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने सबैभन्दा बुढो खेलाडी समेत बनेका छन्। पछिल्लो समय अलराउण्डर प्रदर्शन गर्दै आएका दिलशानले एकदिवसीय क्रिकेटमा १ सय ४ विकेट पनि लिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका दिलशानले ८७ टेष्टमा ५ हजार ७ सय ८२ रन बनाएका छन्।

श्रीलंकन क्रिकेटर तिलक रत्ने दिलशानले एकदिवसीय क्रिकेटमा १० हजार रन पुर्याएका छन्। आइतबार पाकिस्तान विरुद्धको एकदिवसीय क्रिकेट श्रृँखलाको पाँचौ तथा अन्तिम खेलमा ५५ रन प्रहार गर्दै दिलशान १० हजार रन पुरा गर्ने चौथो श्रीलंकन तथा ११ औं क्रिकेटर बनेका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav