ब्याटिङ्ग पुन: नचल्दा नेपाल टी-२० विश्वकप गुमाउने स्थिति



टी-२० विश्वकप छनोटमा शुक्रबार पपुवा न्यूगिनीसँग ८ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ। समूहको चौथो स्थानमा रहँदा विश्वकपको सम्भावना कायम राख्न अब नेपालले अन्तिम खेलमा जर्सीलाई मात्र हराएर पुग्दैन, हङकङले सबै खेल गुमाउनुपर्छ। कप्तान पारस खड्काले भने-'हामीसँग एक खेल बाँकी छ र त्यो खेलमा पुनरागमन गर्नुको विकल्प छैन।'

अन्तिम खेल खेल्नुअघि नेपाल ३ अंकका साथ पाँचौं स्थानमा छ भने समान अंक जोडेको हङकङ चौथो स्थानमा छ र उसले आयरल्याण्ड, नामिबिया र हङकङसँग खेल्न बाँकी छ। जितसँगै पपुवा न्यूगिनीले अपराजित यात्रा जारी मात्र राखेन, ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले सुरुवाति ७ ओभरमा १ विकेट गुमाएर ३४ रन बनाएको थियो। यो प्रतियोगितामा नेपालले पावर प्लेमा ३० रन कटाएको यो पहिलो पटक थियो।

तर, आठौं ओभरको पहिलो बलबाट सुरु भएको विक्रेट झर्ने क्रम रोकिएन। नेपालका लागि ओपनर प्रदिप ऐरीले २८ बलमा ४ चौकासहित २९ रन बनाए भने सागर पुनले १२ बलमा तीन चौकासहित १५ रन जोडे। शरद भेसवाकर ११ रनमा आउट भए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

उपकप्तान ज्ञानेन्द्र मल्ल २, कप्तान पारस खड्का ५, राजेश पुलामी ७, विनोद भण्डारी ४, सोमपाल कामी ४ र बसन्त रेग्मी १ रनमा आउट भए करणले खाता नै खोल्न सकेनन्। शक्ति गौचन ६ रनमा अविजित रहे।

९४ रनको सामान्य लक्ष्य पपुवा न्यूगिनीले १४.१ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। उसका लागि भालाले ३४ रन बनाए भने टोनी उराले ३२ र पालाले २२ रन जोडे ।नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिए

Comments

Popular posts from this blog

Fixtures, ICC WCL Div- 2, 2015

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time