आईपीएल स्पट फिक्सिङमा श्रीसन्थलार्इ सफाइ

दिल्लीस्थित पटियाला हाउस कोर्टले सबूतको अभाव भएको जनाउँदै चर्चित क्रिकेटर श्रीसन्थ, अंकित चव्हाण र अजीत चन्डिलालार्इ आरोपबाट मुक्त गरेको छ। फैसलापछि अदालत बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै क्रिकेटर अजीत चन्डिलाले भने, 'मलार्इ न्यायालयप्रति पूरा विश्वास थियो। यो एक नराम्रो सपनासरह थियो।' अदालतले सबूतको अभाव भएको जनाउँदै सबै खेलाडीलार्इ आर्इपीएलको स्पट फिक्सिङ मामिलाबाट आरोप मुक्त गरेको हो।

अदालतले फैसला सुनाएपछि भारतीय टिमबाट समेत खेलिसकेका क्रिकेटर श्रीसन्थ अदालतमै रोएका थिए। अदालतबाट निस्केपछि उनले आफूले केही नगरेको अपराधमा दोषी बनाएर आफ्नो भविष्य बर्बाद बनाइएको बताए। 'मैले केही गर्दै नगरेको केशमा मुछेकाले मैले सफाइ पाउने पक्का थियो', उनले भने, 'अब म आफ्नो साधरण जीवन शुरु गर्न सक्नेछु।' अदालतबाहिर उनले अब पुन: क्रिकेट तालिम शुरु गर्ने बताए। 'म भगवानप्रति आभारी छु। म फेरि तालिम शुरु गर्न चाहन्छु', उनले भने, 'मलार्इ विश्वास छ, बीसीसीआईले तालिमको अनुमति दिनेछ।'

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav