टि-२० विश्व वरीयतामा नेपाल १५ औं स्थानमा...

काठमाडौं, असार २० - अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको विश्व वरीयता नेपाल पहिलो पटक प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको वरीयता सूचीमा नेपाल १५औँ स्थानमा परेको हो। यो वरीयता क्रमको अन्तिम स्थान हो।

नेदरल्यान्ड्समा सम्पन्न चार अभ्यास खेलको शृंखला पूरा गरेसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। नेपालले सात खेल खेल्दै २ सय ३५ प्वाइन्ट पाएको छ ।

यसैगरी वरीयता क्रमको पहिलो स्थानमा श्रीलंका, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेष्ट इन्डिज, पाँचौँमा पाकिस्तान, छैठौँमा साउथ अफ्रिका र सातौँमा न्युजिल्यान्ड छ। त्यसैगरी, आठौंमा इङ्ल्यान्ड, नवौँमा बङ्गलादेश, दशौँमा स्कटल्यान्ड, एघारौँमा अफगानिस्तान, बाह्रौंमा नेदरल्यान्ड्स, तेहौँमा आएरल्यान्ड र चौधौं स्थानमा जिम्बावे रहेका छन्।

नेदरल्यान्ड्सको अभ्यास खेलमा भने नेपालले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन। चार खेल खेलेको नेपालले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो।

पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने दोस्रोमा १०३ र तेस्रोमा १८ रनले नै पराजित भएको थियो। त्यस्तै, चौथो तथा अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको थियो।

गत वर्ष बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टी–ट्वेन्टीको मान्यता दिएको थियो।

शरद भेषावकर टि-ट्वान्टीको व्याटिङ तर्फ विश्व वरीयतामा ७६ औं स्थानमा रहेका छन् । उनी यसरी उत्कृष्ट सयमा पर्ने नेपालका एक मात्र खेलाडी हुन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015