नेपाली राष्ट्रिय टोलीमा पृथु, महेश र अभिनासको पुनरागमन...

काठमाडौं, साउन ५ – आगमी जुलाई २९ र ३१ गते स्कटल्याण्डमै हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलका लागि नेपाली टोलीमा सामान्य परिवर्तन गरिएको छ।


ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली अहिले आयरल्याण्डको डब्लिनमा छ। विकेट किपर महेश क्षेत्री, अल राउण्डर पृथु बाँस्कोटा र वलर अभिनास कर्णले च्याम्पियनसिप खेल्न

पाउने भएका छन्। 


थु अहिले इग्ल्याण्डमा केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन्। उनले त्यहाँ पहिलो खेलमै नट आउट १ सय ४६ रन बनाएका थिए। त्यस्तै इग्ल्याण्डकै टुन



ट्वेन्टी ट्वेन्टी विश्कप छनौट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोलीमा रहेका सुवास खकुरेल र विनोद भण्डारीलाई भने टोलीबाट हटाइएको छ भने प्रतियोगिताका दौरान घाइते भएपछि सागर पुन पनि नेपाल फर्कने भएका हुन्।

प्रतियोगितामा निकै खराब प्रदर्शन गरेका भण्डारी र खकुरेललाई वन डे टिममा नराखिएको र उनीहरु चाडैं नेपाल फर्कने प्रशिक्षक पुवुदु दशानायकेले जानकारी दिए। यसअघि वन डेका लागि १५ सदस्यीय टोलीमा नपरेका सिद्धान्त लोहनीलाईसमेत स्कटल्याण्ड लगिने छ। ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटको अन्तिम खेलमा राम्रो प्रदर्शन गरेपछि उनलाई टोलीमा समावेश गरिएको हो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015