पोखरामा पहिलो पटक क्लबस्तरीय लिग क्रिकेट हुन

पोखरामा पहिलो पटक क्लबस्तरीय लिग क्रिकेट प्रतियोगिता हुने भएको छ माछापुच्छ्रे क्रिकेट क्लब पोखराको आयोजनामा साउन १६ गतेदेखि पश्चिमाञ्चलका क्लवहरुबीच लिग क्रिकेट हुने भएको हो। हप्तामा एउटमात्रै खेल हुने उक्त प्रतियोगिता ४ महिनासम्म चल्नेछ। प्रत्येक शनिबार नगर प्रशिक्षण केन्द्र नदीपुरमा खेलाइने खेल राउण्ड रोविनको आधारमाखेलाइने।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष दिपेश खत्रीलप्रतियोगितामा ८ टिमको सहभागिता रहने जानकारी दिए। हरेक टिमले अन्य सबै टिमसँग प्रतिष्पर्धा गनुपर्नेछ। नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष खत्रीले बताए। प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडी, बलर, व्याट्सम्यान, फिल्डर र सर्वोत्कृष्ट क्याचरलाई पुरस्कृत गरिने खत्रीले बताए। प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism