नेपाल क्रिकेट: पाॅच बलर र दुई ब्याट्समेन परे वरियतामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आइसिसी ट्वान्टी–२० ब्याट्सम्यानको वरीयतामा ८ स्थान तल झरेका छन्। अर्कोतर्फ बलर वसन्त रेग्मी भने बलिङतर्फ २० स्थान माथि उक्लँदै ६३औं स्थानमा आइपुगेका छन्। यसअघि वसन्त ८३ औं स्थानमा थिए। चार नेपाली खेलाडी बलरतर्फको वरीयतामा प्रवेश गरेका छन् भने ब्याटिङतर्फ नेपाली खेलाडी सयभन्दा तल पुगेका छन्।

पारस ६४ औंबाट ७२ औं स्थानमा पुगेका छन्। उनी बलरतर्फमा भने ९१ औं स्थानमा छन्। शरद भेषावकर भने ब्याट्सम्यानको वरीयतामा चार स्थान माथि चढेका छन्। यसअघि ८१ औं स्थानमा रहेका उनी पछिल्लो वरियतामा ७७ औं स्थानमा उक्लेका छन्। आइसिसी ट्वान्टी–२० खेल्ने राष्ट्रका ब्याट्सम्यानको वरीयतामा नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल वरीयताबाट बाहिरिएका छन्। यसअघि ८६ औं स्थानमा रहेका उनी यसपटक सय खेलाडीभित्र अटेका छैनन्। बलरतर्फ शक्ति गौचन ७४औं, सोमपाल कामी ७९ औं र सागर पुन पारससँगै ९१औं स्थानमा छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015