हङकङमा ‘सिक्सेस फर नेपाल’
नेपाल क्रिकेट प्रशिक्षक: बिनोद दास |
काठमाडौं, श्रावण १२ - भूकम्प पीडितको सहयोगार्थ हङकङमा हुने क्रिकेट इभेन्टमा नेपालले सहभागिता जनाउने भएको छ। हङकङ क्रिकेट संघले आयोजना गर्न लागेको सिक्सेस फर नेपाल इभेन्टमा राष्ट्रिय टिमका खेलाडीहरू सहभागी हुने भएका छन्। ‘खेलले जीवन परिवर्तन गर्न सक्छ’ भन्ने इभेन्टको नारा छ।
प्रस्तावित मिति अगस्ट १५ र १६ मा हङकङस्थित कोवलुन क्रिकेट क्लबमा हुने इभेन्टमा नेपालबाट कप्तान पारस खड्कासहितका खेलाडीले सहभागिता जनाउने हङकङ क्रिकेट संघले जनाएको छ । नेपाली टिमले अगस्ट ९ मा ब्याट फर नेपालअन्तर्गत विश्व–११ सँग खेल्नेछ। मलेसियाबाट फर्किएलगत्तै नेपाली टिम हङकङ लाग्नेछ।
हङकङले त्यहाँको विदेश मन्त्रालयमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा यो प्रस्ताव पठाएको थियो। त्यसपछि परराष्ट्रले खेलकुद मन्त्रालयमा खेलकुदले राष्ट्रिय खेलकुद परिषद्मा यो प्रस्ताव पठाएर नेपाली टिमलाई खेल्न स्वीकृत प्रदान पनि गरिसकेको स्रोतले जनाएको छ। नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले नेपाली टिमले हङकङ गएर खेल्ने निश्चित जस्तै भइसकेको बताए।
इभेन्टका लागि ६ फरक टिम बनाइएको छ। नेपाली खेलाडीलाई अक्सनमा राखेर प्रत्येक टिममा एक खेलाडी राखिनेछ । हङकङका खेलाडीहरू तानवीर अफजल, इरफान अहमद, निजाकत खान, जेमी एटकिन्सन, रायन क्याम्पवेल र सिमोन कुक विभिन्न ६ टिमका कप्तान हुनेछन् । बाबर हायत, मोनिर दार, एइजाज खान, हुसैन बट, अंकर बाशिष्ठ, नदिम अहमद, हसिब अमजदलगायत खेलाडी विभिन्न समूहमा रहेर खेल्नेछन् । हङकङ क्रिकेटका नयाँ प्रमुख कार्यकारी अधिकृत टिम कटलरले पनि इभेन्टमा खेल्नेछन् ।
२ समूहमा ३–३ टिम राखिनेछ । प्रतियोगिताको विजेता टिमले अन्त्यमा नेपालले हङकङसँग छुट्टै सुपर ओभर फाइनल खेल्नेछ । त्यसमा हङकङ टिममा तीन फरक कप्तान हुनेछन् । वैशाख १२ को ठूलो भूकम्प र त्यसपछि आएका परकम्पबाट नेपाली जीवन अस्तव्यस्त भइरहेको समयमा हङकङ क्रिकेटले यो इभेन्ट ल्याएको हो । खेलकै दौरान नेपाली खेलाडीले भूकम्पपीडितका लागि सहयोग माग्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफ्ना हङकङ समकक्षी टिम कटलरसँग लामो छलफलपछि यो इभेन्ट आयोजना गर्न लागिएको बताइन् । घिमिरेले भूकम्पपछि विश्वका विभिन्न क्रिकेट बोर्डसँग ब्याट फर नेपाल कार्यक्रमअन्तर्गत सहयोगका लागि आह्वान गरिएको जनाइन् ।
मलेसियामा हुन लागेको ब्याट फर नेपालमा विश्व–११ बाट सनथ जयसूर्यालगायत खेलाडीले सहभागिता जनाउँदै छन् । त्यसपछि हङकङले यो कार्यक्रम अगाडि ल्याएको हो । यस खेलका लागि विश्वकप विजेताहरू वेस्ट–इन्डिजका क्लाइभ लोयड, श्रीलंकाका अर्जुना रणतुंगा, अस्ट्रेलियाका माइकल क्लार्कले सहयोगको आह्वान गरेका छन् । नेदरल्यान्ड्सले पनि नेपालका लागि ब्याट फर नेपाल गरेर नगद संकलन गरिरहेको छ ।
नेपाल र स्कटल्यान्डबीच बुधबार र शुक्रबार हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा पनि घरेलु टिम स्कटल्यान्डले चियापान कार्यक्रम (टिज फर नेपाल) राखेर सहयोग उठाउँदै छ । जहाँ प्रत्येक एक चिया बराबर एक पाउन्ड उठाउने क्रिकेट स्कटल्यान्डले जनाएको छ । स्कटल्यान्डका सबै खेलाडीले यसमा सहयोग गर्दैछन् ।
प्रशिक्षकमा विनोद
मलेसियामा हुने विश्व–११ सँगको ब्याट फर नेपाल खेलमा विनोद दास प्रशिक्षक हुने भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्यान्डसँग खेलेपछि नेपाली टिम अगस्ट ३ मा काठमाडौं फर्किनेछ । त्यसलगत्तै प्रशिक्षक पुबुदु दसानायके पारिवारिक कारण क्यानडा फर्किने भएका छन् ।
‘काठमाडौं आएपछि म क्यानडा फर्किनेछु, यसबारे मैले क्यानलाई जानकारी गराइसकेको छु,’ स्कटल्यान्डबाट प्रशिक्षक दसानायकेले भने । शनिबार क्यानको कार्य सम्पादन बैठकले दासलाई प्रशिक्षक र धीरेन्द्र साउदलाई व्यवस्थापकमा चुनेको थियो । अगस्ट ९ मा मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओबल मैदानमा उक्त खेल हुनेछ ।
विनोद अहिले नेपाली टिमको सहायक प्रशिक्षकका रूपमा स्कटल्यान्डमै छन् । सहायक प्रशिक्षकका रूपमा यो उनको दोस्रो भ्रमण हो । यसै वर्ष जनवरीमा उनी सहायक प्रशिक्षकका रूपमा विश्व क्रिकेट लिग डिभिजन–२ मा नामिबिया गएका थिए । वैशाखमा फिल ह्युज ट्रिबुन म्याचबाट राष्ट्रिय टिमका पूर्वकप्तान विनोदले १८ वर्षे आफ्नो अन्तर्राष्ट्रिय खेलजीवन टुंगाएका थिए ।

Comments
Post a Comment