नेपालले आज स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दै

नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा आज स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। ट्वान्टी ट्वान्टी बिश्वकपमा छनौट हुन असफल भएको नेपालको लागि लिग च्याम्पियनसिप लयमा फर्कने राम्रो अवसरका रुपमा रहेको छ। स्कटल्याण्डको ऐरमा हुने खेल नेपाली समय अनुसार दिउसो साढे तीन बजे हुनेछ। आयरल्याण्डमा खराब प्रदर्शन गरेपछि आलोचित बनेको नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा हराउनु सहज भने हुने छैन।

प्रशिक्षक पुवुदु दशानायकेले स्कटल्याण्ड एकदमै बलियो टिम भएको र उसलाइ पराजित गर्न गुमेको फर्म फर्काउनुपर्ने बताएका छन्। महेश र पृथुले बेलायतमा अभ्यास गरेको र रन पनि बनाएका कारण उनीहरुले आफ्नो भूमिकामा न्याय गर्ने दाशानायकेको विश्वास छ। तर नेपालले स्कटल्याण्डमा अभ्यास गर्न भने पाएन। नेपालले सोमबार एक मात्र अभ्यास खेल खेल्ने तालिका रहेको थियो तर बर्षाका कारण त्यो पनि रद्ध भएको प्रशिक्षक दशानायकेले जानकारी दिए। बिश्व क्रिकेट लिग नेपाली क्रिकेटको भविष्यका लागि निकै महत्वपूर्ण रहेकाले उत्कृष्ट खेल्नुको विकल्प नरहेको दशानायकेको भनाइ छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav