स्कटल्याण्डसँगको खेलमा अनिल मण्डलले शतक हानेको पुष्टि

नेपाली राष्ट्रिय क्रिकेट टीमका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले स्कटल्याण्डसँगको खेलमा नेपालका सुरुवाती ब्याट्सम्यान अनिल मण्डलले शतक प्रहार गरेको बताएका छन्। अनिल मण्डलले शतक प्रहार गरेका हुन् या ९७ रनमा आउट भएका भन्नेमा फरक-फरक तथ्याङ्क बाहिर आएका थिए।

खेलका दौरान क्रिकेट स्कटल्याण्डले अनिल मण्डलले शतक प्रहार गरेको ट्विट गरेको थियो। तर आइसीसीको आधिकारिक वेबसाइटमा उनको स्कोर ९७ मात्र देखाइएको छ। आइसीसीले खेलपछि लेखेको रिपोर्टमा पनि अनिल मण्डलले ९० बल खेल्दै ९७ रन बनाएको उल्लेख छ। क्रिकेट साइट क्रिकइन्फोले पनि पहिला ९७ रनमा आउट भएको लेखे पनि पछि सच्चाएर सय रन लेखेको छ।

नेपाली क्रिकेट टीमसँगै स्कटल्याण्डमा रहेका शिवाकोटीले भने, 'अनिलले शतक नै प्रहार गरेका हुन्। क्रिकेट स्कटल्याण्डको आधिकारिक वेबसाइटले शतक नै लेखेको छ। क्रिक इन्फोले सच्चाइसकेको छ र आइसीसीले पनि छिट्टै सच्याउनेछ।' शिवाकोटीका अनुसार मण्डलले ९३ बल खेल्दै शतक बनाएका हुन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015