नेपाली टोली नेतृत्वको हेलचेक्रयाई...

अन्तर्राष्ट्रिय म्याच एक्स्पोजरको दृष्टिबाट यसपटकको विश्वकप छनोटको तयारी कमजोर मान्न सकिन्न । आयरल्यान्डकै कन्डिसनमा खेलाडीहरूले अभ्यास र तयारीको अवसर पाएका थिए । यद्यपि नेपालको प्रदर्शन सोचेभन्दा निकै कमजोर भयो।

त्यसमा नेतृत्वको हेलचेक्रयाइँ जिम्मेवार छ। दुबईमा भएको अघिल्लो छनोट प्रतियोगिताका लागि हामीले ब्याटिङ तथा बलिङ प्रशिक्षक नेपालमै झिकाएर तयार गरेका थियौँ । फलस्वरूप छनोट प्रतियोगिता हाम्रा लागि निकै सफल पनि भयो । यसपटक पनि हामीले तयारीमै ब्याटिङ र बलिङ प्रशिक्षक झिकाउनुपर्छ भनेका थियौँ । तर, त्यसलाई नेतृत्वले सुनेन । एकैपटक प्रतियोगिताको अन्तिम तयारीका लागि टोली बेलायत उडिसकेको अवस्थामा कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बोर्ड बैठकमा ब्याटिङ प्रशिक्षकमा मोन्टी देसाई नियुक्त गरिएको प्रस्ताव स्वीकृतिका लागि ल्याउनुभयो मुख्य प्रशिक्षक दासानायकेको सिफारिसमा कार्यबाहक अध्यक्ष, सिइओ भावना घिमिरे र महासचिव उत्तम कर्माचार्यको मिलेमतोमा पहिले नै नियुक्ति गरिसकिएको रहेछ । ट्रेनिङका लागि झिकाउन नसकिएको ब्याटिङ प्रशिक्षक प्रतियोगिताका लागि मात्रै ल्याएर अर्थ थिएन । यद्यपि असहमतिबीच बोर्डले त्यो निर्णय पारित गर्यो । तर, प्रतियोगितामा त्यसको नतिजा सकारात्मक देखिएन । मुख्य प्रतियोगितामा खेलाडीहरूलाई अभ्यास खेलको जस्तै परिवर्तन गरियो । प्रत्येक खेलमा उनीहरूको ब्याटिङ अर्डर परिवर्तन गरियो । जुन अन्तर्राष्ट्रिय प्रतियोगितामा अस्वाभाविक मानिन्छ । त्यसैले पनि नेपाली टोलीले राम्रो तयारी गरेर पनि महत्त्वपूर्ण प्रतियोगितामा सोचेभन्दा कमजोर प्रदर्शन गर्यो ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015