क्यान सिईयो घिमिरेको पदावधि ६ महिना थप

काठमाडौ, श्रावण ११ - नेपाल क्रिकेट संघ क्यानले प्रमुख कार्यकारी अधिकृत सिईयो भावना घिमिरेको पदावधी ६ महिना थप्ने निर्णय गरेको छ। क्यानको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले घिमिरेको पदावधि थप्ने निर्णय गरेको हो। उनको पदावधि गत साउन २ गते सकिएको थियो। यद्यपी कार्य सम्पादन समितिको निर्णय कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्नेछ। यसअघि ६ महिने परीक्षणकालको अवधि सकिएपछि संघले गत बैशाख २ गते ३ महिना पदावधि थपेको थियो।

६ महिनाको अनुमोदन प्रस्ताव कार्यसमितिमा पेश गर्ने निर्णय भएपनि घिमिरेको पदावधि एक बर्ष थप्ने बिषयमा आगामी बैठकमा प्रस्ताव लैजाने क्यान महासचिव उत्तम कर्मचार्यले जानकारी दिए। यता, सिईयो घिमिरेले छोटो समयकालागि थपिने पदावधिले कसैको हित नहुने बताएकी छन् । ६ वा १ बर्षका लागि थपिएको समयावधिले क्यान र ब्यक्तिगत प्रगतिका लागि कुनै काम गर्न नसक्ने उनको भनाई छ।

बोर्ड बैठकमा पेश गरेको योजना कार्यान्वयनकालागि आफ्नो पदावधि कम्तीमा ४ बर्षको हुनुपर्ने उनको माग छ। यस्तै, बैठकले मलेसिया हुने अण्डर १९ च्याम्पियनसिप क्रिकेटको म्यानेजरमा अनुप थापालाई नियुक्त गरेको छ ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner