नेपालले विश्व क्रिकेट लिग खेल्नुअघि स्थानीय क्लबसँग अभ्यास खेल खेल्न

टोलीमा नअटाएका ओपनर एवं विकेटकिपर सुवास खकुरेल र विनोद भण्डारी पनि नेपाल आउने तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव उत्तम कर्माचार्यले जनाएका छन्।

स्कटल्यान्डमा नेपालले विश्व क्रिकेट लिग खेल्नुअघि स्थानीय क्लबसँग अभ्यासखेल खेल्ने योजना बनाएको छ। नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग ५०ओभरको दुई खेल खेल्नेछ।

प्रशिक्षक पुबुदु दासानायकेका अनुसार नेपालले लिग च्याम्पियनसिपअघि स्थानीय टोलीसँग अभ्यास खेल्ने छ। उनले भने, 'हामीले स्कटल्यान्डको स्थानीय क्लबसँग दुई खेल खेल्ने प्रयास गरिरहेका छौं। यसले टोलीलाई च्याम्पियनसिपअघि कमजोरी सुधार्न सहयोग गर्नेछ।'

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav