नेपालको सपना चकनाचुर, अन्तर्राष्ट्रिय टी–२० को मान्यता पनि गुम्ने खतरा


काठमाडौं, श्रावण २ । नेपाल आयरल्यान्ड र स्कटल्यान्डको आयोजनामा भइरहेको विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा शनिबार जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।  योसँगै नेपालको छिमेकी राष्ट्र भारतमा हुने विश्वकप टी–२० खेल्ने सपना पनि चकनाचुर
भएको छ। विजयका लागि १ सय ६ रनको झिनो चुनौती पछ्याउनेक्रममा जर्सीले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्नेक्रममा ८ विकेट गुमाएर एक सय ५ रनमात्र बनाउन सक्यो। ट्वेन्टी–२० मा ‘डेब्यु’ गरेका सिद्धान्त लोहनीले १६ बलमा २ छक्का र २ चौकाको मद्दतले २७ रन जोडे। यसैगरी, उपकप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा २६ रनको योगदान दिए।



प्रतियोगिताबाट बाहिरिएको नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने वर्षाले अवरुद्ध दोस्रो खेलमा नामिबियासँग अंक बाँडेको थियो । त्यसपछि जित आत्मसात् गर्न नसकेको नेपालले आयरल्यान्डसँग ८ विकेटको, हङकङसँग ५ विकेटको, पपुवा न्युगिनीसँग ८ विकेटको तथा जर्सीसँग ७ विकेटको हार बेहोरेको हो। यो फराकिलो हारसँगै नेपालको अन्तर्राष्ट्रिय ट्वेन्टी–२० को मान्यता पनि गुम्ने खतरा बढेको छ।


  • Comments

    Popular posts from this blog

    Brazil Won by 2 Goal over Mexico with Nil Goal

    Brazil leading by 2 goals