नेपाली क्रिकेट टोलीका फिजियो यौन दुर्व्यवहारको आरोपमा पक्राउ

डा. अइजाज वासिर
वेलफास्ट, आयरल्याण्ड, असार ३१ - नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा. अइजाज बसिर असाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन्। भारतीय नागरिक ४२ वर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई बिना सहमति यौनिक आसयले समातेको आरोप लगाइएकाे छ।

मंगलबार पक्राउ परेका उनलाई बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो। हत्कडी लगाएर डा. बसिरलाई अदालतमा उपस्थित गराइएको वेलफास्टलीग्राफले जनाएको छ।

डा. बसिरले मंगलबार टिम बसेको ला मोन होटलमा ति महिलामाथि यस्तो कार्य गरेको आरोप लगाइएको छ । ट्वान्टी–२० विश्वकप छनौट खेल्न आयरल्याण्ड पुगेको नेपाली टोली उक्त होटलमा बसिरहेको छ। प्रहरीका अनुसार डा. बसिरले ति महिलालाई शरीर मसाजको लागि अह्राएका थिए। मसाज गर्दाको बेला उनले भित्रि वस्त्र लगाउनुपर्नेमा नलगाइ बसेको र दुव्र्यवहार गरेको प्रहरीको भनाई छ।


बसिरले लगत्तै ति महिलासँग होटल म्यानेजरको अगाडि माफी मागेको र १० यूरो टिप्स दिएका थिए जुन ति महिलाले अस्वीकार गरिन। डा. बसिरका वकिलले भने यौन दुव्र्यवहार आरोपको खण्डन गरेका छन्।

ट्वान्टी–२० छनौटकै लागि पूर्वी मुम्बईका डा. बसिर फिजियोको रुपमा नेपाली टोलीमा संलग्न भएका थिए। न्यायाधीश जज जोय राइसले बसिरलाई अदालत नजिकैको स्ट्राङफोर्ड आर्मस होटलमा बस्ने गरी नेपाली टोलीको जमानीमा यूरो २५ सय धरौटीमा रिहा गरेका छन्।

बसिरको मुद्दा नटुंगिउन्जेलसम्मको होटल बसाई खर्च व्यहाेर्ने र उनको धरौटीको जमानी बस्न नेपाली टोली सहमत भएको छ। अदालतले बसिरलाई प्रत्यक्षदर्शीसँग नभेट्ने, हप्तामा तीन पटक प्रहरी कार्यालयमा सम्पर्क गर्ने र पासपोर्ट बुझाउने आदेश दिएको छ । उनको मुद्दाको अर्को सुनुवाई १२ अगष्टमा हुनेछ। डा. बसिर भारतमा नाम चलेका फिजियोथेरापिष्ट हुन । उनले भारतीय ठूला क्रिकेट स्टारहरुसँग समेत काम गरिसकेका छन् ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner