उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्ड भिड्न

टी–२० विश्वकप छनोट क्रिकेटको उपाधिका लागि आज नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने भएका छन्। फाइनल खेल नेपाली समय अनुसार बेलुकी सात बजेपछि हुनेछ। स्कटल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने नेदरल्याण्ड २००८ मा आयरल्याण्डसँग संयुक्त रुपमा विजेता बनेको थियो।

शनिबार राति भएको सेमिफाइनल भिडन्तमा साविकको विजेता आयरल्याण्डलाई ५ विकेटले हराउँदै नेदरल्याण्ड उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमा स्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गरेको थियो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav