सिद्धान्तको स्मारणीय डेब्य

आयरल्याण्ड यात्रामा निस्कँदा नेपालले विश्पकपमा छनोट हुने मात्र होइन, उपाधि जित्ने लक्ष्य लिएको थियो। खासगरी नेपाली ब्याटिङ चलेन। अमेरिकी विरुद्ध ज्ञानेन्द्र मल्लले बनाएको ५२ रनबाहेक टप अडर चल्न सकेन। आयरल्याण्ड, पपुवा न्यूगिनी र जर्सीसँग घुडा टेक्यो।

जर्सीसँगको अभ्यास खेलमा सिरियर टीममा डेब्यू गरेका सिद्धान्त लोहनीले भने सबैलाई प्रभावित पारेका छन १६ बलको सामना गरेका उनले दुई छक्का र दुई चौकासहित २७ रन बनाए। जुन जर्सीविरुद्ध नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो। उनले हानेको हेलिकोप्टर सटको निकै चर्चा भएको छ।

सिनियर टीमबाट पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको भए पनि उनमा आत्मविश्वासको कुनै कमी थिएन। खेलपछि नेपाली टोलीका कप्तान पारसले सिद्धान्तले अवसरलाई सदुपयोग गर्दै निकै राम्रो इनिङ खेलेको बताए।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav