नेपालको ट्वान्टी विश्वकप छनोटमा लगतार तेस्रो हार, अब छनवोट हुन हङकङको हातमा


काठमाडौ, श्रावण १ - लगातार तेस्रो खेलमा पराजित भएपछि नेपालको टि–ट्वान्टी विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने संभावना कम हुँदै गएर हङकङको हातमा पुगेको छ । नेपालले बाँकी एक खेल जित्ने र हङकङ खेल्न बाँकी तीनै खेलमा पराजित भएमा मात्रै नेपाल दोस्रो चरणमा पुग्न सक्छ ।

आयरल्यान्ड, नामिबिया र अमेरिकामध्ये कुनै एउटासँग मात्रैलाई पनि हङकङले पराजित गर्‍यो भने नेपाल पहिलो चरणबाट बाहिरिनेछ । टि–ट्वान्टीको अघिल्लो संस्करणमा नेपालले छनोट भएर बंगलादेशमा विश्वकप खेलेको थियो ।

छनोटमा ५ खेल खेलेको नेपालले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो भने नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडिएको थियो । त्यसपछि आयरल्यान्ड र हङकङसँग पराजित भएको नेपाल शुक्रबार पपुवान्युगिनीसँग ८ विकेटले पराजित भयो । पहिलो चरणको अर्को खेल नेपालले शनिबार जर्सीसँग खेल्दैछ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals