विश्वकप छनौटले नेपालीलाई खुसी दिनेछ - ज्ञानेन्द्र मल्ल

बैशाख १२ गते गएको भूकम्पबाट नराम्ररी धक्का पाएको नेपाल पुनर्निर्माणमा जुटिरहेको छ । नेपालीहरु सामान्य जीवनशैलीमा फर्कन संघर्ष गरिरहेका छन्। यस्तो बेला नेपाली राष्ट्रिय क्रिकेटका उपकप्तान ज्ञानेन्द्र मल्ल नेपाल विश्वकप टी-ट्वान्टीमा लगातार दोस्रो पटक छनौट भएमा नेपाली जनताको मुहारमा खुसी छाउनेमा आशावादी छन् । 'पहिलो कुरा त हामी यो प्रतियोगिताको  शीर्ष दुई स्थानमा रहेर विश्वकपका लागि छनौट हुन चाहान्छौं,' ज्ञानेन्द्रले ओमानसँगको अभ्यास खेलपछि क्रिक इन्फोसँग भने, 'सबैको एउटै लक्ष्य छ । हामी विश्वकपमा फेरि छनौट हुन चाहान्छौं र नेपाली जनताको मुहारमा मुस्कान ल्याउन चाहान्छौं ।'

सन् २०१३ मा युएईमा भएको छनौट खेलमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो। पहिलो र दोस्रो स्थानमा आयरल्याण्ड र अफगानिस्तान थिए। हङ्कङसँगको सनसनीपूर्ण खेलमा अन्तिम बलमा विजय प्राप्त गर्दै नेपाल विश्वकपका लागि छनौट भएको थियो । बंगलादेशमा भएको विश्वकप टी-ट्वान्टी
प्रतियोगितामा नेपालले हङकङलाई जिते पनि बंगलादेशको हारका कारण नेपालको यात्रा पहिलो चरणमै रोकियो । यो अनुभवले नेपाली खेलाडीमा झन् भोक सिर्जना  गरेको छ र उनीहरु पहिलेकै स्थान फर्काउन झन् कडा मेहनत गरिरहेका छन् । प्रतियोगिताभन्दा दुई महिनापहिला आएको विनाशकारी भुकम्पले उनीहरुको तयारीलाई नेपालबाट भारत पुर्यायो । 'सलाम् केटाहरुलाई,' ज्ञानेन्द्रले भने, 'खेलाडीहरु जुन परिस्थितिबाट गुज्रेका थिए त्यसका बाबजुद पनि अभ्यासमा भिडे । हामी अभ्यासका दौरान सामान्य हुने प्रयास गरिरहेका थियौं। मेरो विचारमा, त्यो अवस्थामा पनि देशको लागि खेल्नका लागि टीमले राम्रो गरेको छ।'


ज्ञानेन्द्रले नेपालका लागि प्राय: तीन र चार नम्बरमा ब्याटिङ गर्छन् । तर उनी नेदरल्याण्ड्ससँगको टी-ट्वान्टी प्रतियोगिताका पहिला दुई खेलमा शुरुवाती ब्याट्सम्यानका रुपमा उत्रिए, जहाँ उनले क्रमश: २४ र १२ रन बनाए । नेपालका सबैभन्दा डायनामिक ब्याट्सम्यानका रुपमा रहेका मल्लले शुरुवाती ब्याट्सम्यानका रुपमा मौका पाए । यसले एउटा मोमेन्टम दिन सक्छ र सायद यो प्रतियोगिताका लागि नेपालको नयाँ रणनीतिका रुपमा प्रयोग पनि हुन्छ । 'मेरो विचारमा यो हामी कुन अवस्थाबाट गुज्रिन्छौं भन्नेमा भर पर्ने कुरा हो,' ओपनिङ ब्याट्सम्यानको भूमिकाका बारे मल्ल भन्छन्, 'हाम्रो शुरुवाती ब्याट्सम्यानका लागि हामी केही नयाँ प्रयोग गरिरहेका छौं र मेरो लागि यो विल्कुलै नयाँ र खेलको 'टोन' सेट गर्ने मौका हो ।' तर नेपाल मल्ल र कप्तान खड्कालाई मध्यक्रममै खेलाउन चाहान्छ । मल्ल भन्छन्, केही युवा ब्याट्सम्यानका लागि यो प्रतियोगिता नाम कमाउने मौका हुनेछ । 'टिममा केही खेलाडी छन्, जोसँग राम्रो क्षमता छ । मेरो विचारमा उनीहरु यो प्रतियोगिताबाट चम्किनेछन् तर हामीसँग कम अनुभव र 'एक्सपोजर' छ । बिस्तारै उनीहरु सिक्दैछन् र यो प्रतियोगितामा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्नेछन्।'

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism