आठ नयाँ क्रिकेट रंगशाला बनाइने

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७२/७३ मा आठ नयाँ क्रिकेट मैदान, एक कभर्डहल तथा एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामवरण यादवले बुधबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा १ लाख दर्शक क्षमताको बहुउद्देश्यीय रंगशाला, ५ हजार दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल तथा प्यारापिटसहितका आठ क्रिकेट मैदान बनाउने घोषणा गरेका हुन्। प्रस्तुत नीति तथा कार्यक्रममा आउँदो वर्षदेखि राष्ट्रपति रनिङ सिल्डमा खेलसंख्या बढाउने, स्कुल स्तरमा बालबालिकालाई खेलकुदतर्फ आकर्षित गर्ने, मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको कामलाई निरन्तरता दिने तथा कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ।युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सातौं राष्ट्रिय खेलकुद आयोजना तथा भारतमा हुने तय भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी र सहभागिताका लागि पनि बजेटमा व्यवस्था भएको जानकारी गराए। 'नीति तथा कार्यक्रमको भाषण लामो भएकाले केही कुरा सम्पादन भएका हुनसक्छन्। भाषणमा कार्यक्रमको स्पिरिट मात्र क्यारी गरिएको हो। तर, बजेट भने सातौं बृहत राष्ट्रिय खेलकुद र साग लगायत अन्य प्राथमिकतामा रहेका कामलाई पनि छुट्टिइसकेको छ,' मन्त्री पौडेलले नागरिकसँग भने, 'खेलकुदलाई सकेसम्म प्राथमिकतामा राख्ने काम यसपालि नीति तथा कार्यक्रममा भएको छ। नेपाली खेलकुदलाई अगाडि बढाउने बाटोमा यो वर्ष एउटा कोसेढुंगा साबित हुनेछ।'क्रिकेटले सबैभन्दा बढी महत्व पाएको नीति तथा कार्यक्रममा कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन ७ करोड रुपैयाँ छुट्टाइएको मन्त्री पौडेलले बताए। कीर्तिपुरमा भिआइपी कक्ष, पवेलियन, दर्शकदीर्घा र पर्खाल बनाउन सुरु भइसकेको कामलाई ७ करोड खर्च गरेर आउँदो आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने योजना छ। 'त्यसका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ,' पौडेलले भने, 'यही वर्षभित्र मुलपानीको मैदानलाई पनि खेल्न लायक बनाउने र बत्ती व्यवस्थापन गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख छ।'मुलपानीमा निर्माणाधीन रंगशालाको हकमा भने डिपिआर नभएकाले आउँदो वर्षभित्र डिपिआर तयार गरी बहुवर्षीय टेन्डर गर्ने उनले जानकारी गराए। यसैगरी देशका विभिन्न ठाउँमा प्यारापिटसहितका आठ क्रिकेट रंगशाला बनाउन डिपिआर बनाएर काम सुरु गर्दै जानलाई ७ करोड रुपैयाँको हाराहारीमा खर्च गरिने बताइएको छ।सरकारले जगडोलमा १ लाख दर्शक क्षमताको बहुउद्देश्यीय रंगशाला बनाउने महत्वाकांक्षी कार्यक्रम ल्याए पनि त्यसको विस्तृत योजना भने बनाइसकेको छैन। यसैगरी १३ औं साग आयोजनाको उद्देश्य राखेर कीर्तिपुरमा बनाइने ५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय कभर्डहलका लागि यो आर्थिक वर्षमा ४ करोड रुपैयाँ छुट्टाइएको मन्त्री पौडेलले जानकारी दिए। उनले डिपिआर तयार नभएका सबै योजनाको डिपिआर तयार गरी बहुवर्षीय सम्झौतामार्फत काम गरिने बताए।यसैगरी 'एक खेल, एक एकेडेमी' नीतिअन्तर्गत यसपालिका लागि आठ खेल छनोट गरिएको छ। छनोट खेलमा भलिबल, ह्यान्डबल, बास्केटबल, उसु, बक्सिङ, जुडो, ब्याडमिन्टन र स्की छन्। कराते र तेक्वान्दो पनि सरकारको प्राथमिकतामा रहे पनि यी खेलमा एकेडेमी निर्माणको काम सुरु भइसकेकाले यसपालि त्यसलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी गराए। उनका अनुसार आर्थिक वर्षका लागि छानिएका आठ खेलमा ४०–४० लाखको हाराहारीमा बजेट छुट्टाउने काम भइसकेको छ।कार्यक्रममा एक निर्वाचन क्षेत्रमा एक खेलमैदान बनाउने पुरानो कार्यक्रमलाई निरन्तरता दिइने र खेलकुद विकासका लागि सरकारले गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals