नेपालल विश्व ट्वान्टी–२० छनोटअन्तर्गत आज ओमानसँग खेल्दैछ...

काठमाडौ, असार २१ - नेपालले विश्व ट्वान्टी–२० छनोटअन्तर्गत सोमबार ओमानसँग अभ्यास खेल खेल्दै छ। बिहीबार सुरु हुने प्रतियोगिता अगाडि हरेक टिमले दुई अभ्यास खेल खेल्न पाउनेछन्। त्यसअन्तर्गत नेपालले ओमान र मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ।

नेपाली टिम नेदरल्यान्ड्ससँग चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै उत्तरी आयरल्यान्ड पुगिसकेको छ। बेलफास्टको स्टोरमोन्टमा नेपालले दुवै अभ्यास खेल खेल्न लागेको हो। विश्व ट्वान्टी–२० छनोटमा नेपाल समूह ‘ए’ मा छ भने ओमान र यूएई दुवै समूह ‘बी’ मा छन्।

नेपाल र ओमानको यसअघिका तीनवटै भेट एसीसी ट्वान्टी–२० कपमा थिए। जसमा नेपालले २ खेल जितेको छ भने एकमा हार बेहोरेको छ। एसीसी ट्वान्टी–२० कपको पहिलो संस्करण २००७ मा पारस खड्काको म्यान अफ द म्याच प्रदर्शनमा नेपालले ओमानलाई १ विकेटले पराजित गरेको थियो।

तर दुई वर्षपछि यूएईमा भएको अर्को संस्करणमा ओमानले नेपाललाई १२ रनले हराएको थियो। त्यो समय ओमानसँग नेपालको सबै खेल प्रतिस्पर्धामा पहिलो पराजय थियो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav