अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्यायो..


काठमाडौं, आषाढ २९, सरकारले आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ। त्यसअन्तर्गत् धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्टाएको छ। यस्तै, अन्य सात ठाउँमा पनि क्रिकेट मैदान बनाउन रकम विनियोजन गरिएको छ।

यस्तै, सरकारले यसै वर्ष काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण गर्ने भएको छ। १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गरी कभर्ड हल बनाउन लागिएको हो।

यसैगरी, सरकारले दशरथ रंगशालाको मैदान मर्मतका लागि १३ करोड रुपैयाँ छुट्टाएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटमा ललितपुरको च्यासल फुटबल मैदानलाई वैकल्पिक मैदानको रुपमा विकसित गर्न रकम विनियोजन गरेको छ ।

यसैगरी, काठमाडौंको मूलपानीमा रहेको क्रिकेट मैदान निर्माणका लागि रकम विनियोजन गरिँदा डिभिजन–३ क्रिकेटका लागि पुल्चोक इन्जिनियरिङ मैदानमा रहेको क्रिकेट मैदानको स्तर सुधार गर्नसमेत सरकारले रकम विनियोजन गरेको छ।

विद्यालय स्तरदेखि नै खेलकुद विकास गर्न सरकारले देशका चार हजार सामुदायिक विद्यालय प्रत्येकलाई १० हजार रुपैयाँ छुट्टाएको छ। सरकारले भारतमा हुने १२औं सागको तयारीका लागि यो वर्षभित्रै पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नलाई रकम विनियोजन गरेकोसमेत अर्थमन्त्री डा. रामशरण महतले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख छ।

Comments

Popular posts from this blog

PM Deuba urges people to stand adjoining feasible totalitarianism

Ten South Africa A players hospitalised in Chennai due to food poisoning | CSA