नेदरल्यान्ड्स र स्कटल्यान्ड फाइनलमा

शनिबार भएको खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई ५ विकेटले पराजित गर्यो। टस जितेर फिल्डिङ रोजेको नेदरल्यान्डसले आयरल्यान्डलाई १९.५ ओभरमै १२८ रनमा अल आउट गर्यो। यसका लागि नेदरल्यान्डसका मुदास्सार बुखारीले चार विकेट लिए। उनी म्यान अफ दि म्याच पनि भए। निर्धारित लक्ष्य नेदरल्यान्डसले १८.१ ओभरमा पाँच विकेटको क्षतिमा प्राप्त गर्यो। नेदरल्यान्डसका तर्फबाट बेन
कूपरले ४० बलमा ४३ रन बनाए भने पिटर बोरेनले २४ बलमा ३६ रन नट आउटको योगदान गरे।


  • हङकङलाई पाँच विकेटले पराजित गर्दै स्कटल्यान्ड टी ट्वान्टी क्वालिफायर्सको फाइनलमा पुगेको छ। उपाधिको लागि स्कटल्यान्डले आयरल्यान्ड र नेदरल्यान्डसबीचको खेलका विजयीसँग प्रतिस्पर्धा गर्नेछ। टस जिती फिल्डिङ रोजेको स्कटल्यान्डले हङकङलाई १९.४ ओभरमा ११६ रनमा समेटेको थियो। हङकङको चुनौतिलाई स्कटल्यान्डले १२.२ ओभरमै पार गरेको थियो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015