चियाको कप र बाल्टीमा नेपालका लागि के गर्दैछन् स्कटिस क्रिकेटरहरु ?



स्कटल्याण्डको राष्ट्रिय टोलीका क्रिकेटरहरुले नेपालका भूकम्पपीडितहरुको सहयोगका लागि अपील गरेका छन्। आईसीसी लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेल सुरु हुनुअघि सहयोग संकलन अभियानसमेत सुरु भएको छ। उनीहरुको अपील पछि नेपालका भूकम्पपीडितका लागि सहयोग गर्न स्कटल्याण्डका १ सय सय ५० बढी स्थानीय क्लबहरुले खेलको बीचमा (इनिङ ब्रेकमा) पिउने चियाको प्रति कप एक पाउण्ड शुल्क तिर्नेछन्। यसरी संकलन भएको रकम भूकम्पपीडित नेपालीहरुका लागि पठाइने छ।

यसका साथै उनीहरुले क्लबका सदस्य र दर्शकहरुलाई चियाको कपमा एक पाउण्ड राखेर सहयोग गरिदिन अनुरोध समेत गर्नेछन्। टिकटको केही प्रतिशत रकम पनि नेपालका लागि छुट्याइने छ । ऐरमा आज र शुक्रबार नेपालसँग हुने खेल अवधीभर मैदान आसपासमा बाल्टी लिएर रकम संकलन गरिने छ। यस्तै अनलाईनमार्फत पनि नेपालका लागि डोनेसन गर्न सकिनेछ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015