हङकङमा हुने क्रिकेट इभेन्टमा नेपालले सहभागिता जनाउने

अगस्ट १५ र १६ मा हङकङस्थित कोवलुन क्रिकेट क्लबमा हुने इभेन्टमा नेपालबाट कप्तान पारस खड्कासहितका खेलाडीले सहभागिता जनाउने हङकङ क्रिकेट संघले जनाएको छ। नेपाली टिमले अगस्ट ९ मा ब्याट फर नेपालअन्तर्गत विश्व–११ सँग खेल्नेछ। मलेसियाबाट फर्किएलगत्तै नेपाली टिम हङकङ लाग्नेछ, इभेन्टका लागि ६ फरक टिम बनाइएको छ। नेपाली खेलाडीलाई अक्सनमा राखेर प्रत्येक टिममा एक खेलाडी राखिनेछ। हङकङका खेलाडीहरू तानवीर अफजल, इरफान अहमद, निजाकत खान, जेमी एटकिन्सन, रायन क्याम्पवेल र सिमोन कुक विभिन्न ६ टिमका कप्तान हुनेछन्।

२ समूहमा ३–३ टिम राखिनेछ। प्रतियोगिताको विजेता टिमले अन्त्यमा नेपालले हङकङसँग छुट्टै सुपर ओभर फाइनल खेल्नेछ। त्यसमा हङकङ टिममा तीन फरक कप्तान हुनेछन्। वैशाख १२ को ठूलो भूकम्प र त्यसपछि आएका परकम्पबाट नेपाली जीवन अस्तव्यस्त भइरहेको समयमा हङकङ क्रिकेटले यो इभेन्ट ल्याएको हो। खेलकै दौरान नेपाली खेलाडीले भूकम्पपीडितका लागि सहयोग माग्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफ्ना हङकङ समकक्षी टिम कटलरसँग लामो छलफलपछि यो इभेन्ट आयोजना गर्न लागिएको बताइन्। घिमिरेले भूकम्पपछि विश्वका विभिन्न क्रिकेट बोर्डसँग ब्याट फर नेपाल कार्यक्रमअन्तर्गत सहयोगका लागि आह्वान गरिएको जनाइन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015