नेपालको ट्वेन्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता गुम्यो

काठमाडौं, श्रावण ४ । नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धीको रुपमा लिइएको ट्वेन्टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमेको छ। आयरल्याण्ड र स्कटल्याण्डमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालको अन्तर्राष्ट्रिय हैसियत खोसिएको हो। यसले नेपाली क्रिकेटलाई निकै ठूलो नोक्सानी पुर्‍याउने विज्ञहरु बताउँछन्। 

ट्वेन्टी–२० अन्तराष्ट्रिय हैसियत खोसिएपनि नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मूख्य बरीयतामा भने रहिरहनेछ। नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप ट्वेन्टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले टि ट्वेन्टी अन्तर्राष्ट्रिय मुलुकको हैसियत दिएको थियो। आइसीसीले ट्वेन्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुने टोलीलाई मात्रै टि–ट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिने बताएको छ।

नेपाल र नेदरल्याण्ड्ससँग टि–ट्वेन्टी अन्तर्राष्ट्रियको हैसियत मात्रै थियो।
यसबाहेक ६ वटा एसोसिएट राष्ट्र स्कटल्याण्ड, आयरल्याण्ड, अफ्गानिस्तान, पपुवा न्युगिनी, हङकङ र युएईसँग एक दिवसीय क्रिकेट खेल्ने हैसियत छ ।
एक दिवसीय हैसियत पाउने टोलीले स्वतः ट्वेन्टी–२० अन्तर्राष्ट्रियको हैसियत पाउने गर्दछन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism