अपडेट :नेपाललाई छैठौं सफलता

काठमाडौ, असार २५ - टी–२० छनौटमा अमेरिकाविरुद्धको खेलमा नेपालले छैठौं विकेट सफलता हात पाएको छ । नेपालको लागि बसन्त रेग्मी २ शक्ति गौचनले २–२ विकेट  तथा सागर पुन र सोमपाल कामी १–१ विकेट लिएका छन् । १३ ओभरको समाप्तीमा अमेरिकाले ८६ रन बनाएको छ ।

टी-२० विश्वकप छनाैटअन्तर्गतकाे पहिलाे खेलमा अमेरिकासँग खेलिरहेकाे नेपालले चाैथाे विकेट सफलता पाएकाे छ । नेपालकाे लागि सागर पुन, साेमपाल कामी र बसन्त रेग्मीले विकेट लिएका हुन् । बसन्तले दुई विकेट लिएका छन् । उनी टि-२० छनाैटमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी हुन् । उनले विश्व टि-२० छनाैटमा नेपालकाे लागि २७ विकेट लिइसकेका छन टस जितेर व्याटिङ गरेको अमेरिकाले ७ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ५७ रन बनाएको छ । नेपालको लागि सागर पुन र सोमपाल कामीले विकेट लिएका हुन् ।

विश्व टी–२० छनौटको पहिलो खेलमा टस हारेको नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज अमेरिकासँग खेल्दैछ । सअघिका दुई संस्करणमा १९ खेल खेलिसकेको नेपालले अमेरिकासँग आधिकारिक ट्वान्टी–२० मा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता टोली हो । अमेरिका भने अमेरिका डिभिजन १ मा क्यानाडाका अगाडी उपविजेता हुँदैं आयरल्यान्डको यो प्रतियोगिताका लागि छनोट भएको हो ।

विश्व ट्वान्टी–२० छनोटमा लगातार तेस्रो पटक सहभागिता जनाइरहेको नेपालले अब केही छिनमा अमेरिकासँग खेलेर उत्तरी आयरल्यान्डमा आफ्नो यात्रा सुरुआत गर्दैछ ।
यसअघिका दुई संस्करणमा १९ खेल खेलिसकेको नेपालले अमेरिकासँग आधिकारिक ट्वान्टी–२० मा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता टोली हो । अमेरिका भने अमेरिका डिभिजन १ मा क्यानाडाका अगाडी उपविजेता हुँदैं आयरल्यान्डको यो प्रतियोगिताका लागि छनोट भएको हो ।
नेपालले यो छनोट प्रतियोगितामा अहिलेसम्म ११ मा विजय हात पारेको छ भने ८ मा पराजय भोगेको छ । पछिल्ला दुवै संस्करण युएईमा हुँदा नेपाल २०१२ मा सातौं र २०१३ मा तेस्रो भएको थियो । २०१३ को प्रतियोगितापछि नेपाल विश्व ट्वान्टी–२० मा छानिदैं विश्वकपको ढोका खोलेको थियो ।
अमेरिका पछिल्लो पटक यो प्रतियोगितामा सहभागि १६ टोलीमा १५औं भएको थियो । तर प्रतियोगिता अघिको अभ्यास खेलमा अमेरिकाले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । तर नेपाल विशेष गरी गरी ट्वान्टी–२० मा दिन दिनै माथी चढिरहँदा अमेरिकाको सवै खाले संरचनामा खस्कदो प्रर्दशन छ । नेपालले गत वर्ष मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ३ जित्दा अमेरिका डिभिजन ४ मा झरेको थियो । अमेरिकी क्रिकेट बोर्डमा लगातारको विवादपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले अघिल्लो महिना अमेरिकालाई निलम्बन समेत गरेको थियो ।
त्यसयता अमेरिका टोलीमा धेरै परिवर्तन गरिएको छ । एकदिवसीयमा अमेरिकासँग १० खेल खेले पनि वर्तमान टोलीमा ७ नया खेलाडी रहेकाले उनीहरुको बारेमा नेपाल अनभिज्ञ रहेको प्रशिक्षक पुबुदु दासानायके बताउछन् । सोही अनुरुप दासानायके नेपाल आफ्नै शक्तिमा विश्वास गर्नेछ । त्यो भनेको बलिङ र फिल्डिङ हो ।
नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुने खेलमा घरेलु समर्थक सवैको ध्यान भने नेपालको ब्याटिङमा हुनेछ । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र मध्यपंक्तिका शरद भेषावरकको आडमा मात्र नेपाली ब्याटिङ टिकेकाले दासानायकेले अन्य खेलाडीबाट पनि त्यही अपेक्षा गरेका छन् । विशेष गरी ओपनिङ ब्याट्सम्यानद्वय सुवास खकुरेल र सागर पुन तथा माथिल्लोक्रमका ब्याट्सम्यान विनोद भण्डारीको प्रदर्शनले युरोप भ्रमणमा नेपालको प्रर्दशनलाई निरश बनाएको थियो र नेपालले अघिल्लो हप्ता नेदरल्यान्ड्ससँगको ४ खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–१ ले गुमाएको थियो ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals