हङकङसँगको हार पछि पारस खड्काको भनाइ

बेलफास्टमा प्राय: सबै टीमहरु टस जितेपछि यहाँको मैदानको अवस्था, विकेट अवस्थाले गर्दा पनि फिल्डिङ नै रोज्न चाहन्छन्। हामीले हाम्रो क्षमता अनुसार ब्याटिङ गरेनौं। संघर्ष गर्दै १ सय १० सम्म पुग्यौं। यहाँको विकेट त्यति सजिलो छैन। दिनभरी नै विकेट उस्तै रहन्छ। हामी मात्र हैन, बेलफास्टको मैदानमा सबै टीमका लागि गाह्रो भएको छ र सबैले रनका लागि संघर्ष गरेका छन्।

पारस खड्का
हङकङसँगको खेलमा हामीले २० रन कम बनायौं। खराब सुरुवातका बाबजुद पनि हामीले १ सय १० रन जोड्न सक्यौं र खेललाई अन्तिम ओभरसम्म कायम राख्न सक्यौं। यस्ता प्रतियोगितामा हामीले एक ओभर या दुई ओभर या २० ओभर राम्रो क्रिकेट खेलेर मात्र हुँदैन, पूरै ४० ओभर राम्रो क्रिकेट खेल्नुपर्छ। बिडम्बना हामीले राम्रो क्रिकेट खेल्न सकेका छैनौं। हामीले हाम्रा योजनाहरुलाई मैदानमा खरो उतार्न सकेका छैनौं।

मेरो विचारमा हामीले ब्याटिङमा आफूलाई चाहिने 'फ्लो' कायम गर्न सकेका छैनौं। कडा प्रहार या विकेट, हाम्रो यस्तै भइरहेको छ। हामीले ब्याटिङ 'फ्लो'लाई दुरुस्त बनाउनुपर्छ। हामीसँग अझै दुईवटा खेल बाँकी नै छन्। कहिलेकाहीं 'प्लेइङ कन्डिसन्स' त्यति सजिलो पनि हुँदैन। हामीले यस्तो प्रकारको विकेटमा केही समयदेखि खेलिरहेका छौं। कुरो यो अवस्थालाई 'एडप्ट' गर्ने मात्र हो। यो सबै दबाबलाई कसरी झेल्ने भन्ने कुरा पनि हो।

हामी अझै पनि अन्तिम चारमा आँखा लगाइरहेका छौं। हामी बाँकी रहेका दुई खेल जित्छौं भन्नेमा आशावादी छौं। हाम्रालागि प्रतियोगिता अझै सकिएको छैन। अरु राष्ट्रहरुले खेल्ने खेल पनि बाँकी नै छन्। प्रतिस्पर्धा, रनरेटका कुरा अझै बाँकी नै छन्। त्यसैले हामी अझै पनि 'बेस्ट' क्रिकेट खेल्ने प्रयास गर्नेछौं। हामीले अझै पनि हाम्रो क्षमताअनुसार खेल्न सकेका छैनौं। त्यसैले हाम्रा आगामी दुई खेलमा हामी हाम्रो 'बेस्ट' क्रिकेट खेल्नेछौं भन्ने आशा छ।

हामी विश्वकप छनौट प्रतियोगिता खेल्न आएका छौं। यसको मतलब हरेक खेलमा दबाब हुन्छ। हरेक रन, हरेक विकेट हाम्रालागि उत्तिकै महत्वपूर्ण हुन्छ। हामीले मैदानमा हुँदा हाम्रो 'बेसिक' अनुसार खेल्नुपर्छ। हाम्रो क्षमताअनुसार खेल्नुपर्छ तर त्यसो भइरहेको छैन। हामीसँग हामी विश्वकपका लागि योग्य छौं भनेर प्रमाणित गर्न अझै दुई खेल बाँकी नै छन्। आशा गरौं, हामी यी दुई खेलमा उत्कृष्ट देखिनेछौं। हामीले हरेक चुनौतिलाई मौकाका रुपमा लिनुपर्छ। हरेक मौकालाई 'क्यास' गर्नुपर्छ।

क्रिकेट भनेको बलिङ वा ब्याटिङमात्र पनि हैन। फिल्डिङ, बलिङ, ब्याटिङ सबै ठीक हुनु जरुरी छ। र सबैलाई थाहा छ, हाम्रो फिल्डिङ राम्रो छ। हामीले फिल्डिङमा राम्रो पनि गरेका छौं। यतिबेला हामीले मैदानमा छिरेपछि दबाबको समयमा सही निर्णय गर्नु जरुरी छ। क्रिकेट टीमको रुपमा हामीले आफूलाई मजबुत बनाउन जरुरी छ। किनकी हामीलाई थाहा छ, खेलमा तलमाथि भइरहन्छ। हामीले गर्नसक्ने भनेको आफूलाई बलियो बनाएर अर्कोका लागि तयार रहनु नै हो।

कप्तानको रुपमा टीमको मनोबललाई उच्च राख्नु मेरो दायित्व पनि हो र म फ्रन्टमा बसेर नेतृत्व दिनेछु। सबैले आफ्नो दायित्व निर्वाह सही ढंगले गर्न मैले नेतृत्व दिने हो। आशा छ, हामी बलियो भनेर आउनेछौं र आफ्नो टीमका लागि क्षमताले भ्याएसम्मको प्रदर्शन गर्नेछौं।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav