"ब्याट फर नेपाल" - प्रशिक्षकमा विनोद

मलेसियामा हुने विश्व–११ सँगको ब्याट फर नेपाल खेलमा विनोद दास प्रशिक्षक हुने भएका छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्यान्डसँग खेलेपछि नेपाली टिम अगस्ट ३ मा काठमाडौं फर्किनेछ। त्यसलगत्तै प्रशिक्षक पुबुदु दसानायके पारिवारिक कारण क्यानडा फर्किने भएका छन्।

विनोद अहिले नेपाली टिमको सहायक प्रशिक्षकका रूपमा स्कटल्यान्डमै छन्। सहायक प्रशिक्षकका रूपमा यो उनको दोस्रो भ्रमण हो। यसै वर्ष जनवरीमा उनी सहायक प्रशिक्षकका रूपमा विश्व क्रिकेट लिग डिभिजन–२ मा नामिबिया गएका थिए। वैशाखमा फिल ह्युज ट्रिबुन म्याचबाट राष्ट्रिय टिमका पूर्वकप्तान विनोदले १८ वर्षे आफ्नो अन्तर्राष्ट्रिय खेलजीवन टुंगाएका थिए।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav