इंङ्गल्याण्ड बिरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलिया बलियो

काठमाडौं, श्रावण ३ । इंङ्गल्याण्ड बिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया बलियो अवस्थामा पुगेको छ। शनिबार तेस्रो दिनको खेल सकिंदा अष्ट्रेलियाले घरेलु टोली इङ्गल्याण्डसँग ३ सय ६२ रनको अग्रता लिएको छ। पहिलो इनिङमा इङ्गल्याण्ड ३ सय १२ रनमा समेटिएपछि अष्ट्रेलियाले २ सय ५४ रनको अग्रता लिएको थियो।

दोस्रो इनिङमा पनि शानदार सुरुवात गरेको अष्ट्रेलियाले बिना कुनै विकेटको नोक्सानीमा १ सय ८ रन जोडिसकेको छ।


अष्ट्रेलियाका डेभिड वार्नरले ६० रन तथा क्रिश रोजर्सले ४४ रनको अवस्थाबाट आज चौथो दिनको खेल सुरु गर्नेछन्। अष्ट्रेलिया र इंग्लण्डविचको पहिलो टेष्ट घरेलु टोली इंग्लण्डले जितेको थियो भने दोस्रो टेष्टमा अष्ट्रेलिया बलीयो अवस्थामा पुगेको छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav