बर्षाका कारण रोकिएको नेपाल र स्कटल्याण्ड बिचको खेल आज हुने | Cricket

काठमाडौं, श्रावण १६ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको वर्षाले रोकिएको नेपाल र स्कटल्याण्ड बिचको खेल शनिबार फेरि हुने भएको छ। रोकिएकै स्थितिबाट शनिबार फेरि खेल हुने छ। जस अनुसार स्कटल्याण्डले जितका लागि अब २० दशमलव २ ओभरमा ९५ रन बनाउनु पर्ने छ  र उसको १० विकेट बाँकी छ।

स्कटल्याण्डको आयरमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो।

जस अनुसार स्कटल्याण्डले १ सय ६८ रन बनाउनु पर्ने भएपनि वर्षाका कारण तत्काल खेल सुरु हुन सकेन। पछि पानी पर्न छाडेपछि खेल सुरु भयो र स्कटल्याण्डलाई डकवर्थ लुईस मेथड अनुसार २२ ओभरमा १ सय १० रन बनाउनु पर्ने लक्ष्य दिईयो।

तर स्कटल्याण्डले १० बल मात्र खेलेर १५ रन बनाएपछि फेरि पानी पर्न थाल्यो र खेल शनिबार लागि सारियो। नेपाली ब्याटिङ निक्कै फितलो रह्यो। नेपालका लाग शरद भेषावकरले सबैभन्दा धेरै ३० रन बनाए।

बसन्त रेग्मी १९ तथा अविनाष कर्ण १७ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बास्कोटा समान १६ रन बनाएर आउट भए । कप्तान पारस खड्काले १० रन बनाए। अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

८ टिम सहभागी यो प्रतियोगितामा नेपालले पहिलो चरणमा स्कटल्याण्डको भ्रमण गरेको हो। २ वर्षसम्म होम एण्ड अवेका आधारमा चल्ने प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले सन् २०१९ को विश्वकप क्रिकेटको छनौट खेल खेल्न पाउने छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015