श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी  | Cricket

काठमाडौं, श्रावण ७ । श्रीलंका विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले जितेको छ। बुधबार राती सम्पन्न चौथोे एकदिवसीय खेल ७ विकेटले जित्दै पाकिस्तानले श्रीलंकाली भूमिमा शृङ्खला कब्जा गरेको हो। ५ खेलको एक दिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेल खेल्नुपर्व पाकिस्तानले ३/१ को जित निकालेको हो।

बुधबार सम्पन्न चौथो एकदिवसीय खेलमा श्रीलंकाले पेश गरेको २ सय ५७ रनको लक्ष्य पाकिस्तानले ४१ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानका लागि अहमद सेहजादले ९५ रन तथा मोहम्मद हफिजले ७० रनको योगदान दिए।

बलिङतर्फ श्रीलंकाका लसिथ मालिङगा, मिलिन्दा सिरिवर्दना र सुरङगा लक्मलले एक–एक विकेट झारे। यसअघि टस जितेर पहिले व्याटिङ गेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन जोडेको थियो। श्रीलंकाका लागि थिरिमानेले सर्वाधिक ९० रन तथा तिलकरत्ने दिलसानले ५० रनको योगदान दिए।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015