अफगानिस्तान टी-२० विश्वकपका लागि छनोट: पपुवा न्यूगिनी बाहिरियो | Cricket

टी-२० विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्दै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको हो। पपुवा न्यूगिनीले प्रस्तुत गरेको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
अफगानले पहिलो बलमा नै भरपर्दा ब्याट्सम्यान मोहम्मद सेहजादको विकेट गुमाएको थियो। तर, नवरोज मंगोलले अविजित ६५ रनको पारी खेले। कप्तान अस्गरले २२ रन बनाए भने नजिबुल्लाह जादरानले ६ बलमा दुई छक्कासहित नटआउट १४ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो। उसका लागि चाल्र्स अनिमीले नटआउट ३७ रनको महत्वपूर्ण पारी खेलेका थिए।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav