अफगानिस्तान टी-२० विश्वकपका लागि छनोट: पपुवा न्यूगिनी बाहिरियो | Cricket

टी-२० विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गर्दै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको हो। पपुवा न्यूगिनीले प्रस्तुत गरेको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
अफगानले पहिलो बलमा नै भरपर्दा ब्याट्सम्यान मोहम्मद सेहजादको विकेट गुमाएको थियो। तर, नवरोज मंगोलले अविजित ६५ रनको पारी खेले। कप्तान अस्गरले २२ रन बनाए भने नजिबुल्लाह जादरानले ६ बलमा दुई छक्कासहित नटआउट १४ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो। उसका लागि चाल्र्स अनिमीले नटआउट ३७ रनको महत्वपूर्ण पारी खेलेका थिए।

Comments

Popular posts from this blog

Fixtures, ICC WCL Div- 2, 2015

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time