नेपाली क्रिकेट सकिएको छैन' | Cricket
विश्व ट्वान्टी–२० छनोटमा हाम्रो तयारी राम्रो थियो। मलाई लागेको जुन कन्डिसनमा खेल्नुपर्ने त्यो अनुसार तयारी नभएको जस्तो देखियो। हामीले मुख्य प्रतियोगिता खेल्नुअघि नै धेरै म्याच खेल्यौं जस्तो लाग्यो। अभ्यासमा नभएर हामी म्याचमा बढी फोकस भएको जस्तो भयौं। जितेको भए छुट्टै कुरा हुन्थ्यो। हारेको भएर यस्ता नकारात्मक विषयहरू बाहिर आएका पनि हुन सक्छन्। मलाई प्रतियोगिता अगाडि आराम चाहिन्थ्यो। धेरै खेलेर जीउ थकित हुँदा खेल्न सक्दिनथें। सामान्य अभ्यास गरिसकेपछि मात्र खेल्ने मेरो बानी थियो । शक्ति दाइ (गौचन) लाई पनि यस्तै भएको थियो। उहाँ थाकिसक्नु भएको थियो र बलिङ बिग्रिसकेको थियो। उहाँले इंग्ल्यान्डमा १ अभ्यास खेल र नेदरल्यान्ड्ससँगको पहिलो २ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नुभएन। शक्ति दाइले ४–५ दिन आराम गर्नुभयो र पछि बलिङमा पिकअप लिनुभयो। अरूलाई यस्तो नहुन सक्छ, तर मलाई यस्तै भएको थियो। प्रशिक्षकसँग मेरो नियमित छलफल हुन्थ्यो। नेदरल्यान्ड्ससँग मेरो गलेको अनुहार हेरेरै उहाँले तिमीलाई आराम चाहिएको छ भन्नुभयो। म त्यो स्थितिमा पुगिसकेको थिएँ । त्यसपछि मलाई आराम दिइएको थियो। मैले आफैंले खेलेको भिडियो हेरें, जसमा म कहिल्यै त्यस्तो बलमा आउट भएको थिइनँ। विश्वास नै लागिरहेको थिएन।
प्रतियोगिताको २–३ महिना अगाडि लगातार अभ्यास म्याच खेल्न सकिन्छ। १–२ हप्ता अगाडि सकिन्न। भारतको हिमाचलमा हामीले १ महिनाअघि ४ अभ्यास खेल खेल्यौं, हो, त्यसरी खेल्न जरुरी छ। लगातार खेल्दा म्याच–म्याच भनिन्छ अरूतिरका बारेमा सोच्नै भ्याइन्न। अर्को एउटा मलाई लागेको विषय, हाम्रो नेपाली टिमको धेरै भ्रमण गर्ने बानी छैन। त्यसमा यो लामो भ्रमण भयो । यसले गर्दा पनि प्रदर्शनमा फरक पारेको हुन सक्छ ।
न्युजिल्यान्डमा गत वर्ष विश्वकप छनोट खेल्दा पनि यस्तो भइसकेको थियो। हामीले त्यतिखेर झन्डै ४५ दिन भ्रमणमा बिताएका थियौं। न्युजिल्यान्ड नै २–३ हप्ता अगाडि पुगेका थियौं। क्रिकेट संघ पनि यसमा चुकेको थियो। एक वर्ष बितिसक्दा पनि हामीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नपाउँदा मान्यता नै गुम्ने स्थितिमा पुगिसकेका थियौं। त्यसले पनि नेदरल्यान्ड्स गएर खेल्नैपर्ने बाध्यता जस्तो बन्यो। मुख्य प्रतियोगिता अगाडि यसरी हतार गरेर खेल्न जरुरी थिएन । हामी ६ घन्टामा ब्रिस्टलबाट नेदरल्यान्ड्स पुग्थ्यौं भन्ने थियो, त्यसमा पनि हिसाब गर्न चुक्यौं। १२–१३ घन्टा लगाएर नेदरल्यान्ड्स पुग्नेबित्तिकै म्याच खेल्नु पर्यो। राष्ट्रिय प्रतियोगिताको समयमा म रातभरि नसुतेर भए पनि भोलि गएर मैदानमा ५०–६० प्रतिशत योगदान दिन सक्छु, जुन मेरो टिमका लागि पर्याप्त हुन सक्छ । तर राष्ट्रिय टिमबाट खेल्दा शतप्रतिशतभन्दा माथि दिनै पर्छ। एउटा स्तरमा पुगेपछि आराम एकदमै जरुरी छ।

हामीसँग यति लामो बाहिर बस्ने बानी नै छैन। ओमान, नेदरल्यान्ड्स र जर्सीका खेलाडीहरू परिवार नै लिएर खेल्न गएका थिए। त्यसले पनि उनीहरूको प्रदर्शनमा प्रभाव पारेको हुन सक्छ। भुइँचालोको प्रभाव पनि अलि–अलि खेलाडीमा देखिन्थ्यो। समाचारमा भुइँचालो आयो भनेर पढ्नेबित्तिकै सबै घरमा फोन गर्न हतारिन्थे। कन्डिसनले पनि फरक नपर्नुपर्ने हो । अलि बलहरू सीधा–सीधा नआउने त हो, खेल्नै नसक्ने कन्डिसनचाहिँ थिएन । हामीले खेल्नै नसकेको हो । हामीले आफ्नो गेम नै खेल्न सकेनौं। आफ्नो क्षमताअनुसार ३० प्रतिशत पनि खेल्न सकेनौं। १–२ वटा नराम्रा म्याचहरू हार्यौं। त्यसले ब्याट्सम्यानहरूको आत्मविस नै हराएर गयो। कुनै पनि खेलमा हाम्रो गति नै देखिएन, जसअनुसार हामी पहिला खेल्थ्यौं। मुख्य खेलाडीहरू चल्नुपर्ने त्यो पनि चलेनन्। हाम्रो पहिला जहिले पनि चल्ने भनेका पारस, शरद, ज्ञानु हुन्। त्यसपछि विनोद, सागर चल्थे। म पनि चल्थें। कोही नचलिदिंदा धेरै गाह्रो भयो टिमलाई। ७ जना ब्याट्सम्यानमा कम्तीमा ३ जना चल्नुपर्ने हो, तर कसैले खेल्नै सकेनन् ट्वान्टी–२० मा प्रयोग गर्न जरुरी छ, तर हाम्रो त्यो प्रयोग पनि चलेन। नेपाली टिमले जुन योजना बनाएको थियो, त्यो चलेन। यस्तो प्रयोग सबैले गर्छन्, अन्य टिम चले र सफल पनि भए।
हामी असफल भयौं। ओपनिङमा सधंै म खेल्थें। मेरो ठाउँमा अरू आए। उनीहरू पनि चलेनन्। फेरि अर्को जोडी आयो। पछिल्लो २–३ वर्षमा ओपनिङमा राम्रो हुँदै आएको थियो, अहिले फेरि यसैमा समस्या आएको छ। हरेक खेल सकिएपछि हामी विश्लेषण गथ्र्यौं। जर्सीका गफ, नामिबियाका बार्ड, आयरल्यान्डका पोर्टरफिल्डबाहेक अन्य ओपनिङमा खासै चल्न सकेका थिएनन्। अरू पछि आएर चले। ओपनिङ चल्न नसके पनि त्यसपछिका आएर खेल्थे। हाम्रोमा त्यो पनि भएन। उदाहरणका लागि विनोद भण्डारीको खेल्ने शैली फरक छ। उनी ४–५ खेलमा नचल्दा पनि टिमले उनलाई केही भन्दैन। किनभने उनीसँग ५–६ म्याचमा नेपाललाई १ खेल जिताउने व्यक्तिगत क्षमता छ। सिद्धान्तको पनि त्यही शैली देखिएको छ । उनले जस्तो खेलेर बलरको लय बिगार्न जरुरी थियो । यो पटक त्यो पनि भएन । वास्तवमा यो प्रतियोगितामा हाम्रा बलरहरूले केही गर्नै पाएनन् । हामीले स्कोर नै बनाउन नसकेपछि उनीहरूको खासै काम नभएको जस्तो देखियो । हामीले जुन हिसाबमा हङकङ र पपुवा न्युगिनीसँग बलिङ गर्यौं, त्यो अनुसार हामीले १२५–१३० रन बनाएको भए पनि खेल जित्थ्यौं होला । तर हामीले कुनै खेलमा पनि त्यत्ति बनाउन सकेनौं । हामीले विकेटअनुसारको रन अनुमान लगाउन पनि सकेनौं। आयरल्यान्ड टिमले कस्तो गथ्र्यो भने गयो, खेल्यो अनि स्कोर बढाउन खोज्थ्यो। एउटा खेलमा आक्रामक गरेर खेल्न खोज्यो र हार्यो। तर उनीहरूले त्यहाँ धेरै खेलेका छन्। त्यसपछि लय समाति हाल्छन्। पिच कस्तो छ, बलले कस्तो दिशा लिइरहेको छ। हावा कताबाट आइरहेको छ। त्यसपछि उनीहरू पार स्कोर निकाल्छन्। सायद हामी यसमा चुक्यौं होला । एसियन विकेटमा खेल्ने बानी हामी खाली १४०–१५० रन हान्नै पर्ने जरुरी हुन्छ भन्थ्यौं र त्यही सोचेर खोल्थ्यौं । हाम्रो मानसिकता यो पनि थियो । त्यसअनुसार धेरै दबिएर खेल्न खोज्दा हामी धराशायी हुन्थ्यौं। २ खेल हारिसकेपछि हाम्रा लागि बाँकी २ खेल धेरै महत्त्वपूर्ण थिए। आयरल्यान्डसँग ५३ रनमै अलआउट भएपछि हाम्रो मनोबल झरिसकेको जस्तो भयो । प्रदर्शन कमजोर हुँदा अतालिनु हुँदैन, त्यो मैले शरदलाई देखेर थाहा पाएको थिएँ । प्रतियोगिता सकिएपछि सोसल मिडियामा देख्यौं, यसलाई निकाल्नुपर्छ, उसलाई निकाल्नुपर्छ भनेको । मेराबारेमै धेरै प्रतिक्रिया थिए । त्यसका लागि विकल्प पनि हुनु पर्यो । कुनै पनि खेलाडी त्यत्तिकै नेपाली टिममा परेको होइन । एउटा स्तरमा लामो समय खेलेर, प्रदर्शन गरेर आएका हुन्छन् । त्यो धेरैले बुझ्दैनन् । नराम्रो खेल्दा प्रशंसकले गाली गर्नु स्वाभाविक हो, तर हामीमा त्यो अनुरूपको क्रिकेट संस्कार पनि छैन।
नेपालले नराम्रो खेल्दा सबैभन्दा दु:ख खेलाडीलाई नै हुन्छ । यो हारबाट सबैले पाठ लिनुपर्ने बेला हो । सबै विश्लेषण गरेर अगाडि बढ्न जरुरी छ । कसैलाई दोष दिन जरुरी छैन । केही क्यानको पनि गल्ती छ । केही खेलाडीको । नयाँ टिम बनाएर हिंड्न जरुरी छ । प्रशिक्षक, हामी सिनियर खेलाडी बसेर सल्लाह र छलफल गर्यौं । हामीले पछिल्लो ३–४ वर्षमा १० प्रतियोगिता खेल्यौं । २ प्रतियोगिता नराम्रो खेल्यौं, जसमा हामीले राम्रो नै गर्नुपर्ने जरुरी थियो । गत वर्ष न्युजिल्यान्डको एकदिवसीय विश्वकप छनोट र अहिले । यत्रो खेल्दा १–२ वटामा नराम्रो आउँछ । दुर्भाग्य नराम्रो नतिजा यसैमा आयो । दु:ख लाग्नु स्वाभाविक हो । त्यसको मतलब नेपाल क्रिकेट नै सकियो भन्ने ठाउँ देख्दिनँ । हामीसँग विश्व क्रिकेट लिग च्याम्पियनसिप छ, त्यसमा केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्रिय अनुदान यही प्रतियोगितामा राम्रो गर्दा आउने हो । त्यसैले हामीले यसमा राम्रो गर्न जरुरी छ । त्यो भयो भने हामीले म्याचहरू पाइरहन्छौं । त्यो अनुभवले अर्को ट्वान्टी–२० छनोटलाई मदत पनि गर्छ । पारस हामीले सधैं भन्ने विषय नयाँ प्रतिभा ल्याउनु जरुरी छ । शक्ति दाइसँग हामी कहिलेकाहीं रमाइलो गर्दै भन्छौं, अब तपाईंले छाड्नुपर्यो, तपाईं बूढो हुनुभयो भनेर । शक्ति दाइको एकै उत्तर हुन्थ्यो, मैले संन्यास लिएँ भने मेरा ठाउँमा खेल्ने को छ ? वास्तवमा छैन नै । घरेलु संरचना परिवर्तन गर्नुपर्छ । हामी कहाँ लगभग ८ महिना खेल्न मिल्छ । सरकारले, क्यानले त्यसको सदुपयोग गर्नु पर्यो । ओमान, हङकङ विश्वकपमा छनोट हुँदा दु:ख: लाग्छ । तर हामी अहिले पनि उनीहरू भन्दा राम्रो टोली हौं । मेरो बारेमा भन्नुपर्दा म शतप्रतिशत दिने स्थितिमा थिइनँ होला । त्यसका बावजुद मैले प्रयास गरेको हुँ । म थाकेको थिएँ, आराम लिनु जरुरी थियो म्याच अगाडि । यसले मेरो लय पनि गुम्यो । कहिलेकाहीं नराम्रो हुन्छ ।
मैले खेलेका सबै खेलमा मिहिनेत गरेको छु । त्यसमा यू–१९ बाट खेल्दा र अहिले सबैभन्दा बढी मिहिनेत गरेको थिएँ । किनभने विश्वकप त्यो पनि भारतमा हुँदै थियो । केही गरेर देखाउनुपर्छ भन्ने थियो । त्यो मिहिनेत काम लागेन भनौं । क्रिकेट भनेको यस्तै नै रहेछ । कहिले राम्रो हुन्छ, कहिले हुँदैन । अफगानिस्तानमा अहिले नयाँ खेलाडी आएका छन् । किनभने उनीहरूको घरेलु क्रिकेटमा चार दिवसीय लिग छ । ६–७ महिना चल्छ । हामीलाई पनि कम्तीमा दुई दिवसीय क्रिकेट चाहिसकेको छ । हामीले पछिल्लो ३–४ वर्ष यही संरचनाको घरेलु क्रिकेट खेलेर यो नतिजा दिएका थियौं । अब यही संरचनाले धान्दैन । नेपालले सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएदेखि लगभग यही संरचनामा खेल्दै छ । अरू कुनै पनि देशको सायद यस्तो छैन होला ।

Comments
Post a Comment