वन डे क्रिकेटमा १० हजार रन पुरा गर्ने दिलशान ११ औं क्रिकेटर | Cricket

साउन १० – श्रीलंकन क्रिकेटर तिलक रत्ने दिलशानले एकदिवसीय क्रिकेटमा १० हजार रन पुर्‍याएका छन्। आइतबार पाकिस्तान विरुद्धको एकदिवसीय क्रिकेट श्रृँखलाको पाँचौ तथा अन्तिम खेलमा ५५ रन प्रहार गर्दै दिलशान १० हजार रन पुरा गर्ने चौथो श्रीलंकन तथा ११ औं क्रिकेटर बनेका छन्।

६३ रनमा रनआउट भएका दिलशानका अब एकदिवसीय क्रिकेटमा १० हजार ८ रन पुगेको छ। अब दिलशान पनि कुमार सांगाकारा, माहेला जयवर्दने र सनथ जयसूर्या सँगै १० हजार रन प्रहार गर्ने चौथो श्रीलंकन क्रिकेटर बनेका छन्। एकदिवसीय क्रिकेटमा ४ श्रीलंकन सँगै भारतका सचिन तेन्दुलकर, सौरभ गाङ्गुली र राहुल द्रविड, अष्ट्रेलियाका रिक्कि पोन्टिङ,पाकिस्तानका इजमाम उल हक, दक्षिण अफ्रिकाका ज्याक कालिस र वैश्ट इण्डिजका ब्रायन लाराले मात्र १० हजार रन पुरा गरेका छन्।

३८ वर्षका दिलशान एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने सबैभन्दा बुढो खेलाडी समेत बनेका छन्। पछिल्लो समय अलराउण्डर प्रदर्शन गर्दै आएका दिलशानले एकदिवसीय क्रिकेटमा १ सय ४ विकेट पनि लिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका दिलशानले ८७ टेष्टमा ५ हजार ७ सय ८२ रन बनाएका छन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner