नेपालका ५ बलर टि–ट्वान्टी वरीयतामा | Cricket

श्रावण ८ - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलाडीको नयाँ वरीयतामा नेपालका ५ बलर र २ ब्याट्सम्यान उत्कृष्ट सयमा परेका छन्। कप्तान पारस खड्का भने बलर र ब्याट्सम्यान दुवैतर्फ उत्कृष्ट सयमा परेका छन्। उनी बलरमा ९१ औं र ब्याट्सम्यानमा ७२ औं स्थानमा छन्। वरीयतामा बसन्त रेग्मी सबभन्दा अगाडि ६३ औं स्थानमा छन्। उनीपछि शक्ति गौचन ७४, सोमपाल कामी ७९, सागर पुन र पारस खड्का ९१ औं स्थानमा छन्। ब्याट्सम्यानतर्फ भने पारस खड्का ७२ र शरद भेषावकर ७७ औं स्थानमा छन्। पारस यसअघिको वरीयतामा ६४ अाैं स्थानमा थिए।\

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Media society serious exception to obstruction at media houses

Bollyhood Om Puri dies