इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अष्ट्रेलिया दबाबमा | Cricket

काठमाडौं, श्रावण १४ | इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेट श्रृंखलाको तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलिया दबाबमा परेको छ।

जेम्स एन्डर्सनले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि पहिलो इनिङसमा अष्ट्रेलिया १ सय ३६ रनमै समेटियो। अष्ट्रेलियाको लागि क्रिस रोजर्सले ५२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।

जवाफमापहिलो दिनको समाप्तिसम्म घरेलु टोली इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय ३३ रन जोडिसकेको छ। इंग्ल्यान्डका आयन बेलले ५३ रन जोडेका छन् भने जो रुट ३० रनमा अविजित छन्। बलिङतर्फ अष्ट्रेलियाका नाथल लायनले २ तथा मिचेल स्टार्कले १ विकेट लिएका छन्।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको बहुचर्चित एसेस क्रिकेट श्रृंखलाको तेस्रो खेलपूर्व दुबै टोलीले एक–एक खेल जितेका छन्। पहिलो टेस्ट इंग्ल्यान्डले जितको थियो भने दोस्रो टेस्ट जित्दै अष्ट्रेलियाले श्रृंखलामा पुनरागमन गरेको थियो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015