श्रीलंकालाई क्लिन स्विपको डर | Cricket

कोलम्बो (एएफपी), श्रावण १४ - श्रीलंकाले दुई ट्वान्टी–२० को सिरिजमा पाकिस्तानको सामना गर्दा अर्को क्लिन स्विपबाट बच्ने उद्देश्य राख्नेछ। दुवै खेल कोलम्बोमा हुनेछन्। पहिलो खेल बिहीबार हुँदैछ भने दोस्रो शनिबार हुनेछ। पाकिस्तानले तीन टेस्टको सिरिज २–१ ले जितेयता वान–डे सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको थियो। पाकिस्तानले यस्तो सफलता सन् २००६ यता पहिलोपल्ट आत्मसात् गरेको हो।

तर वल्र्ड ट्वान्टी–२० को विजेता श्रीलंका विश्व क्रिकेटको सबैभन्दा छोटो संस्करणमा पाकिस्तानको सामना गर्दा जितका लागि बलियो प्रत्यासी हुनेछ। ट्वान्टी–२० क्रिकेटको शीर्ष वरीयतामा रहेको श्रीलंकासामु पाकिस्तानमाथि बदला लिने पहिलो अवसर प्रेमादासा स्टेडियममा हुने खेलमा हुनेछ। दुवै टिम नयाँ फरक कप्तानसहित मैदानमा उत्रनेछन्।

श्रीलंकाको नेतृत्व फास्ट बलर लासिथ मालिंगाको काँधमा हुनेछ भने पाकिस्तान टिम अनुभवी साहिद अफ्रिदीले सम्हाल्नेछन्। ट्वान्टी–२० वरीयतामा पाकिस्तान पाँचौं स्थानमा रहेको छ। टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका मालिंगाले वान–डे सिरिजका पाँचमध्ये चार खेल खेलेका थिए। अर्को संस्करणको वल्र्ड ट्वान्टी–२० आठ महिना मात्र बाँकी रहेको हुँदा दुवैले यो सिरिजलाई गम्भीरतापूर्वक लिएका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav