स्कटल्यान्डसँग खेल्ने नेपाली टिम घोषणा विश्व क्रिकेट लिग च्याम्पियनसिप | Cricket


काठमाडौं, श्रावण ८ - स्कटल्यान्डले नेपालसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलका लागि १४ सदस्यीय टिमको घोषणा गरेको छ। स्कटल्यान्डको क्यामबसडनको आयरमा जुलाई २९ र ३१ मा खेल हुनेछ। जुलाई ३० र अगस्टमा वैकल्पिक दिन राखिएको छ।

प्रेस्टोन मोमसेनको कप्तानीमा रहेको स्कटल्यान्ड टिममा ह्यामिस गार्डिनरलाई राखिएको छ भने जर्ज मुन्सी र युवा अफस्पिनर मार्क वाटलाई फेरि मौका दिइएको छ। तर विश्व ट्वान्टी–२० छनोटमा खेलिरहेका रोब टेलर, जोस डेभी, कालुम म्याकलोइड, फ्रेडी कोलम्यान र म्याट म्याचन भने स्कटिस टिममा हुने छैनन्। उनीहरू काउन्टीमा फर्किनेछन् ।

स्कटल्यान्डका प्रशिक्षक ग्रान्ट ब्राडबर्नले आफूले बलियो टिमको घोषणा गरेको उल्लेख गर्दै भने, ‘ट्वान्टी–२० छनोटको उत्कृष्ट यात्रापछि विश्व क्रिकेट लिग शृङ्खलामा हामी नेपालसँग पनि यही सकारात्मक उद्देश्यसाथ खेल्दैछौं।’ उनले अगाडि भने, ‘नेपाली टिमलाई हामी उच्च कदर गर्दछौं।’

छनोटमा समूह ‘बी’ को विजेता भएर स्कटल्यान्ड अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा सीधै छनोट भएको थियो। आयरल्यान्डमा भइरहेको प्रतियोगितामा स्कटल्यान्डले शनिबार हङकङसँग सेमिफाइनल खेल्दै छ। नेपाल भने समूह ‘ए’ को अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। डब्लिनबाट नेपाली टिम इडिनबर्ग पुगिसकेको छ।

विश्व ट्वान्टी–२० छनोटमा निकै कमजोर प्रदर्शनपछि नेपालले सुवास खकुरेल र विनोद भण्डारीलाई टिमबाट बाहिर राखिसकेको छ। त्यस्तै चोटका कारण सागर पुन र जितेन्द्र मुखिया स्वदेश फर्किसकेका छन्। नेपाली टिममै ‘ब्याक अप’ खेलाडीका रूपमा रहेका अविनाश कर्णसँगै महेश क्षेत्री र पृथु बाँस्कोटालाई टिममा राखिएको छ। महेश र पृथु इंग्ल्यान्डमै क्लब क्रिकेट खेलिरहेका छन्।

च्याम्पियनसिपमा नेपाल र स्कटल्यान्ड दुवैको यो पहिलो खेल हुनेछ। स्कटल्यान्डले सो खेलबाट नेपालको भूकम्पपीडितका लागि सहयोग पनि उठाउँदै छ। 

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015