ओमानको राष्ट्रिय टिममा पाकिस्तानी र भारतीय खेलाडी | Cricket

साउन ९ – सन् २०१६ मा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपमा छनौट भएको ओमानको टिममा धेरैजसो खेलाडी भारतीय र पाकिस्तानी मूलका छन् । ओमानको टिममा ७ जना पाकिस्तानी र ५ जना भारतीय मूलका खेलाडी छन्।
विश्वकप छनौटमा नामिबिया विरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका जसन सिद्धिकीको जन्म पनि पाकिस्तानमा भएको थियो ।  ओमानले शुक्रबार नामिबियालाई हराउँदै अर्को वर्ष हुने विश्वकपका लागि छनौट भएको हो।

ओमनको टिमका भारतीय मूलका खेलाडी

  •   वैभव भटेन्गभकर
  •    जतिन्दर सिंह
  •    अजयल लचेता
  •    राजेशकुमार रणपुरा
  •    मुनिस अन्सारी

पाकिस्तानी मूलका खेलाडी

  •   जसन सिद्धिकी
  •    आमिर अलि
  •    अदनान इलियास
  •    आमिर कलिम
  •    खावर अलि
  •    मोहम्मद नदीम
  •    सुल्तान अहमद


एजेन्सीको सहयोगमा

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism