क्रिस गेलले तीन महिना क्रिकेट नखेल्ने | Cricket



साउन ९ – वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल झण्डै तीन महिना क्रिकेट नखेल्ने भएका छन् । गेलले पिठ्युँको लामो समयदेखि रहेको समस्या समाधानका लागि शल्यक्रिया गर्ने तयारी भैरेकाले आफू आउँदो अगस्टपछि दुईदेखि तीन महिना क्रिकेट खेलबाट बाहिर रहेने बताएका हुन्।
क्यारबियन प्रिमिर लिगको खेलपछि बोल्दै गेलले भने ‘अगस्त दुईमा एक च्यारिटी खेल खेलेपछि म दुईदेखि तीन महिनाका लागि क्रिकेटबाट बाहिर हुनेछु। मैले मेरो पिठ्युँको समस्या समाधानका लागि शल्यक्रिया गर्ने तयारी गरेको छु।’ उनले थपे शल्यक्रियापछि मलाई पूर्णरुपमा स्वस्थ्य हुन समय लाग्नेछ। डिसेम्बरदेखि म फेरि खेलमा फर्कने छु। तपाईहरु सबैले मेरो शल्यक्रिया र त्यसपछि अहिलेको भन्दा पनि राम्रो भएर खेलमा फर्कन सकुँ भनेर प्राथना गर्नुहुन अनुरोध पनि गर्दछु।’  गेलले गएको फेब्रुअरी १४ देखि २९ मार्चसम्म अस्ट्रेलिया र न्युजिल्याण्डमा भएको विश्वकप क्रिकेटको बेलैदेखि पिठ्युँको समस्या झेल्दै आएका छन्। विश्ककपको न्युजिल्याड विरुद्धको क्वाटर फाइनल खेल गेलले दुखाइ कम गर्ने इन्जेक्सन लगाएर खेलेका थिए।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015