क्रिकेट लिगमा खेलाडीको लिलामी | News

धनगढी: धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्दै आएको धनगढी क्रिकेट लिगको तेस्रो संस्करण विशेष हुने भएको छ। प्रतियोगितामा पहिलो पटक खेलाडीहरूलाई लिलामी गरेर टिममा अनुबन्ध गर्न लागिएको हो।

आगामी मंसिर २६ देखि सुरु हुने प्रतियोगिता तीन महिना चल्नेछ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने जानकारी दियो।

प्रतियोगितामा प्रत्येक टिमका खेलाडीहरूले लिलामीका आधारमा कम्तीमा पाँच हजार पारि श्रमिक पाउनेछन्। खेलाडीको लिलामी एकेडेमी दर्ता भएपछि भदौ २६ गते गरिनेछ।
 
प्रत्येक टिमले आफ्नो टिममा खेलाडी अनुबन्ध गर्न अधिकतम एक लाख ८० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने एकेडेमीले जनाएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमको नाम कैलाली जिल्लाका विभिन्न ठाउँको नामबाट नामकरण गरिनेछ। यसले यो क्षेत्रको पहिचान बढाउन महत्‍वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
 
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू धनगढीको फाप्ला क्रिकेट मैदान र अञ्चल प्रहरी कार्यालयको मैदानमा हुनेछन। 'यसपालि खेलाडीले पारि श्रमिक पाउनेछन्। 

 
विगतभन्दा यसपालि स्थानीय ठाउँको नामले टिमको नामकरण गरिनेछ’, एकेडेमीका अध्यक्ष सुवास शाहीले भने। उनले यो लामो प्रतियोगिता भएकाले खेलाडीले धेरै खेल खेल्न पाउने बताए।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Media society serious exception to obstruction at media houses

Bollyhood Om Puri dies