आर्मी टिमको क्लिन स्विप | Rafting

काठमाडौ, श्रावण १५ - दोस्रो प्रधानसेनापति राष्ट्रिय ट्रायथलन च्याम्पियनसिपमा बिहीबार आयोजक आर्मीकै टिमले क्लिन स्विप गरेको छ। आठ टिम सहभागी प्रतियोगिताको शीर्ष तीन स्थानमा आर्मीकै टिम रहे।

ताराबहदुर केसी, रामशरण कार्की, खेमबहादुर कुमाल, हेमराज केसी सम्मिलित आर्मीको ‘डी’ टिम पहिलो भयो। उसले धादिङको बैरेनीदेखि चरौदीसम्मको ४३.३ किलोमिटर दूरी दुई घन्टा २९ मिनेट १६ सेकेन्डमा पूरा गर्दै सफलता हात पारेको थियो। 

मानबहादुर थापा, हिमाल टमाटा, दीपक कठायत र दीपकसिंह भण्डारी समावेश आर्मीको ‘ए’ टिम दोस्रोमा रह्यो। आर्मीकै प्रेमसिंह बस्नेत, रेशम कार्की, वसन्त थारू र राजेन्द्र चेम्जोङसहितको ‘बी’ टिम तेस्रो भयो।
प्रतियोगितामा विभागीय टिमहरू आर्मीका चार तथा एपीएफका एक टिमले प्रतिस्पर्धा गरेका थिए। ललितपुर बाइक स्टेसन, केटीएम बाइक स्टेसन र हिमालयन सिंगल ट्रयाक पनि सहभागी थिए। प्रत्येक टिममा चार–चार खेलाडी थिए। उनीहरूले ६.८ किमि दौड, २६.५ किमि साइक्लिङ र १० किमि र्‍याफ्टिङ गरेका थिए। सहासिक खेलको यी तीनमा गरिएको उत्कृष्ट प्रदर्शनका आधारमा आर्मीको ‘डी’ टिम पहिलो भएको थियो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav