यु–१९ एसिसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, युएई १ सय ४९ रनले पराजित | ACC U19 Premier League 2015

काठमाडौं, भदौ ११ – नेपाली वलर चम्केपछि १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो। 

नेपालले दिएको २ सय रनको विजयी लक्ष्य पछ्याएको युएई २० दशमलब ५ ओभरमा मात्र ५० रनमा अल आउट भयो। युएईका कप्तान वरुना परेराले ३२ र जाफ्री जफारदानले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

युएईलाई झिनो योगफलमा समेट्नका लागि ७ ओभर बलिङ गरेका सुसिल कँडेलले मात्र ७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै सौरभ खनालले ३ र प्रेम तामाङले २ विकेट लिए। यसअघी मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो।

नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए।  ६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ लगेका थिए। 

नेपालले शनिबार बलियो प्रतिद्धन्द्धी अफगानिस्तान विरुद्ध खेल्नेछ। प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै युएई, मलेसिया र साउदी अरेयिबा सहभागी छन्। नेपाली टोलीका लागि यो प्रतियोगिता युवा विश्वकपको तयारीका रुपमा पनि छ।

यो प्रतियोगिताको शीर्ष तीनमा रहने टीमले आउँदो अक्टोबर महिनामा हुने १९ वर्षमुनिको एसिया कपमा खेल्न पाउने छन्। १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता आउँदो अक्टोबर १४ देखि २३ सम्म मलेसियामै हुँदैछ। 

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015