आजको जितसँगै एसेज सिरिज इंग्ल्याण्डको : इनिङ र ७८ रनको जित | Ashes test

चौथो टेष्टमा अष्ट्रेलियालाई एक इनिङ र ७८ रनले पराजित गर्दै इंग्ल्याण्डले एसेज सिरिज जितेको छ। पहिलो पारीमा ३६१ रनले पछि परेको अष्ट्रिेलिया २५३
रनमा अलआउट भयो र इंग्ल्याण्डले अन्तिम खेल अघि नै एसेज सिरिज ३-१ ले आफ्नो पक्षमा मात्र पारेन, १८ महिना अघि व्यहोरेको ५-० ले को हारको बदला लिएको छ।

७ विकेटको क्षतिमा बनाएको २४१ रनबाट तेस्रो दिनको खेल थालेको अष्ट्रेलियाले थप १३ रन जोड्दा बाँकी ३ विकेट गुमायो। मिचेल स्टार्क र जोस हृयाजलउड शुन्यमै आउट भए नाथन लायनले ४ रन जोडे। डेभिड वार्नरले
६४ र क्रिस रोजर्सले ५२ रन बनाए। एडम वोग्स ५१ रनमा अविजित रहे। इंग्ल्याण्डका बेन स्टोक्सले दोस्रो पारीमा ३६ रन दिएर ६ विकेट लिए भने मार्क उडले ३ विकेट लिए।

यसअघि पहिलो पारीमा स्टुअर्ट ब्रोडले कीर्तिमानी बलिङ गर्दै १५ रन दिएर ८ विकेट लिएपछि अष्ट्रेलिया मात्र
६० रनमा अलआउट भएको थियो। इंग्ल्याण्डले भने जोए रुटको १३० रनको मदतमा ९ विकेटको क्षतिमा ३९१ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको थियो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015