क्रिकेट खेलाडीलाई सुबिसुको एक एमबिपिएस इन्टरनेट र क्लियर टिभी सुविधा | Award

काठमाडौं: सुबिसु केबल नेटले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई एक एमबिपिएस स्पीडको इन्टरनेट र डिजिटल केबल टिभी 'क्लियर टिभी' को प्रिमियर प्याकेज उपलब्ध गराएको छ। नेपाली राष्ट्रिय टीमका १३ जना खेलाडी र प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमण शिवाकोटी र राष्ट्रिय अम्पायर विनय झालाई सुबिसुले यो सुविधा उपलब्ध गराएको हो।

'हामीले पहिलो चरणमा १ बर्षका लागि यो सुविधा उपलब्ध गराएका हौं,' सुबिसु केबल नेटका सिइओ विनय मोहन साउदले भने, 'हाम्रो योजना यसलाई निरन्तरता दिने हो तर यो खेलाडी र क्यानको इच्छामा भर पर्छ।' साउदका अनुसार खेलाडीले सुबिसुको इन्टरनेटको अनलिमिटेड सुविधा पाउनेछन्। नेपाली क्रिकेट खेलाडीले निरन्तर क्रिकेटका माध्यमबाट राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै सुबिसुले खेलाडीको मनोबललाई उच्च बनाउन पनि आफूले यो सुविधा उपलब्ध गराएको सुबिसुले जनाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले यस्ता साना साना कुराले पनि खेलाडीलाई हौसला दिने बताए। 'यस्ता खालका सम्मान र सुविधाले खेलाडीको हौसला बढ्छ,' उनले भने, 'यसमा सानो वा ठूलो भन्दा पनि खेलाडीलाई कसले कसरी साथ दिए भन्ने महत्वपूर्ण कुरा हो।'

सुबिसुका अनुसार खेलाडीले पाएको सुविधाको मुल्य मासिक लगभग २५ सय रुपैयाँको प्याकेज हो। सुबिसुको सुविधा पाउने खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, नरेश बुढायर, सागर पुन, करण केसी, अनिल मण्डल, सुवास खकुरेल, पृथु बास्कोटा र अविनाश कर्ण छन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner