सोमपाल कामी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित | Award
अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर सरकारले ९ खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरेको हो। क्रिकेटबाट सोमपाल पुरस्कृत भएका छन्। उनले १ लाख पुरस्कार राशीको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएका छन्। यो पटक
सरकारले कराँतेकी विमला तामाङ, क्रिकेटका सोमपाल, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको छ।
पुरस्कार राशी १ लाख छ।

यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन्। चारै जनाले जनही ५० हजार नदग पाएका छन् ।
Comments
Post a Comment